विचार/ब्लग

राजनीतिमा योग्यता के हो ?

चिन्तन पौडेल/ चुनाव भन्नाले अवसर हो । चुनावमा किसिम किसिमका योग्यताका बखान सुन्न पाइन्छ ।
केही बुझेका कुरा भन्दैछु –

१. नेताका भजन मण्डलीका सदस्य हुनु नै योग्यता हो कि ? अलिकति पृथक विचार र सोच हुँदैमा योग्य नहुने हो ?
प्राय: राजनीति गर्ने नेताले आफ्नो स्थान सुरक्षित राख्न आफ्ना नजिकका र आफ्नो कुरा सुन्नेलाई अवसर दिने गर्छन । त्यो गर्दा आफ्नो समर्थन बढाएर सत्तामा आफ्नो पहुँच कायम गर्ने नै हो । तर पछिल्लो समय नेपालमा – राजनीति गर्नेहरु नेताहरुको खिचातानीले गर्दा अस्वस्थ प्रतिस्पर्धामा उत्रिने गरेका छन् । जस्तो नेतालाई पनि सीमित फाईदाका लागि भए पनि राम्रो मान्दिने हो भने त प्रतिबन्धित कालमा राजा वा साशकको जस्तै नेता सर्वेसर्वा हुन्छन् र अन्त्यमा तानशाह वा गठत बाटो समात्ने प्रबृतिका हुन्छन् । त्यसो त असल नेता पनि हुन्छन् – जो योग्य समर्थक जुटाउने प्रयत्न गर्छन् । देश र समाजलाइ केही नयाँ विचार र कार्यक्रम दिन सक्ने समर्थक जुटाउने प्रयासलाई अपव्याख्या गरेर होच्याउने काम पनि यसै समय हुन्छ । नेताले आफ्नो समर्थन मात्र खोज्दा असल पात्रको मात्र समर्थन लिन्छ भन्ने हुँदैन ।

२. नेताका आफन्त हुँदैमा योग्य हुन्छ कि ? र आफन्त हुँदैमा अयोग्य कसरी हुन्छ ? अमेरिकामा रास्ट्रपतिकै छोरा राष्ट्रपति निर्वाचित भए । राष्ट्रपतिकै श्रीमती विदेश मामिला मन्त्री भएर कुशल राजनीतिज्ञ भएको पहिचान दिन सफल भइन । राष्ट्रपतिको चुनावमा थोरै मतले पछि परिन् । स्मरण रहोस् – अहिले सम्म अमेरिकामा एक पनि महिला राष्ट्रपति भएका छैनन् ।
दक्षिण एसियामा त परिवारकै सदस्य भएका कारण राजनीतिमा धेरै माथिल्लो स्थानमा छन् । यसको मतलब सबै योग्य हुन र रु यो गहन विषय चुनावकै बेलामा चर्चा हुन्छ । पक्ष वा विपक्षमा कुरा हुन्छन् । नाता पर्दैमा आयोग्यनै हुन्छ र ? र नाता पर्दैमा आफन्तले नै अवसर पाउनु पर्ने हो र ? चर्चा र बहस हुनुलाई राम्रो अर्थमा लिनु पर्ने हुन्छ ।

३. सडक आन्दोलनमा सरकारी पक्षलाई दुई चार ढुङ्गा बर्साएर प्रमुख अखबारको पहिलो पानामा फोटो आएछ भने अवसर पाइन्छ ! ?
वा आफ्ना प्रतिस्पर्धिलाई तुच्छ भाषा प्रयोग गरेर होच्याउनेले अग्र स्थान पाउनु पर्छ ?
मैले बुझेको नेपालको सन्दर्भमा यो तेस्रो किसिमको योग्यता हो । जेल नेल गर्दैमा, अनसन बस्दैमा वा सडक प्रदर्शन गरेर राज्यलाई हानी पुर्याउदैमा नेता बन्ने लहर छ । यो नै पर्याप्त योग्यता हो त ? या यो गर्ने नै आयोग्य कसरी ?
यावत प्रश्न अहिले चुनावको मुखमा आइ नै हाल्छन । सडक आन्दोलनको नेतृत्व परिवर्तनको लागि हो । तर नेता भएर प्रतिस्पर्धीलाई तुच्छ सब्दले बोल्नु र सस्तो लोकप्रियतामा रमाउनुले समाज र त्यो नेतालाई धेरै समय टिक्न दिदैन । अर्को पक्षको पनि आवाज सुनेर आफ्ना राम्रा र असल गुणको प्रदर्शन गर्न सक्नुपर्छ । आफुलाई समयमा साथ दिनेलाई पर्दा साथ दिन सक्नुपर्ने हुन्छ । आदर र सम्मान आफ्ना अग्रजलाई जति दिन सक्यो त्यति आफैंलाई फाइदा हुने हो ।

त्यसैले,
सवाल मेरो आफ्नो व्यक्तिगत शक्तिको मात्र हैन । व्यक्तिगत पहिचानको बारेमा ब्यक्तिगत आफ्ना प्रशङ्गले मात्र हुन्न । समाजलाई हेर्न जरुरी छ । समाजलाई योगदान के छ ? समाज प्रति धारणा के छ । अन्य योग्यता के छन् ? शैक्षिक योग्यता कस्तो छ ?
आफ्नो पार्टी भित्रका जिम्मेवारी कसरी निभाएको छ । पार्टीले दिएका जिम्मेवारी गहनताका साथ निभायो या निभाएन । लाभका पदमा बसेर भ्रष्टाचार गर्छ वा समाजको सेवा गर्छ ?

अर्को कुरा समाज सेवा वा राजनीति सजिलो कुरो छैन । आफ्नो घर गृहस्तीलाई समय नदिइकन – आफ्नो परिवारको मुख हेर्न नपाइ – समाज र देशको भलो गर्छु भन्नू ठुलो प्रण हो । ठूलो त्याग हो । यो त्याग गर्नेको मुल्यांकन गर्न भुलेका त छैनौं ? प्रश्न गरौं ।

जे जस्ता योग्यता भए पनि आखिर ती पदमा आउने र नेता बन्ने हामी बीचका नै हुन् । हामी जस्तै हुन् । हाम्रा नै हुन् ।
स्वस्थ प्रतिस्पर्धा गरौं । सबैले आफ्नो योग्यता प्रदर्शन गरौं र आगामी चुनावमा जितेर निस्वार्थ भावले देश र समाजको सेवा गरौं ।
सबैमा शुभकामना !!