प्रदेश 2

बालिकालाई जबरजस्ती करणी गर्ने व्यक्ति नियन्त्रणमा

२ वैशाख, बारा । बालिकालाई जबरजस्ती करणी गर्ने व्यक्ति नियन्त्रणमा लिइएको छ । उक्त व्यक्ति बारा प्रसौनी गा.पा.वडा नं.५ हाल पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ बस्ने वर्ष ५५ को पलट चौधरी रहेको छ । चैत २६ गते १३:०० बजे ६ वर्षीया बालिकालाई पलट चौधरीले खेल्न आएको मौका छोपी आफू बस्ने गरेको घरको कोठाभित्र लगी बालिकालाई जबरजस्ती करणी गरेको भन्ने समेट जनाएको छ। आज यस कार्यालयमा पीडित बालिकाको अभिभावकले दिएको जाहेरी दरखास्तको आधारमा निज पलट चौधरीलाई ११:०० बजे निजकै घर ठेगानाबाट नियन्त्रणमा लिई यस कार्यालयबाट ल्याई जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको व्यहोरा सूचित गरिएका छ । ।