प्रदेश 2

महिलाको हक अधिकार सुनिश्चित गर्न महिलाहरु आफै अगाडी बढ्नुपर्छ : मिश्र


२७ वैशाख, पर्सा । वीरगञ्ज महानगरबाट स्वतन्त्र उप मेयरको उम्मेदवार रम्भा मिश्रलाई जिताउन बौद्धिक वर्ग देखी किसान सम्मको समर्थन बढदै गएको छ ।
वीरगञ्ज वडा नं १६ स्थित प्रगतीशील महिला कृषक समुहको आयोजनामा भेटघाट तथा परिचात्मक कार्यक्रम सम्पन्न भएको छ ।
समुह कि अध्यक्ष गीता वर्माको अध्यक्षतामा सम्मपन उक्त कार्यक्रमको सम्बोन गर्दै रम्भा मिश्रले महिलाको हक अधिकार सुनिश्चित गर्न महिलाहरु आफै अगाडी आउन अनुरोध गरिन्।
त्यसको लागी स्थानिय तहको निर्वाचनमा स्थानिय तहमा महिला उम्मेदवारलाई भारी बहुमतले जिताउन आग्रह गरिन् ।
कार्यक्रममा उपश्थित समुहका महिला तथा स्थानिय महिलाहरुको समुहले यसपाली उप मेयर पदको स्वतन्त्र उम्मेदवार रम्भा मिश्रलाई जिताउन प्रतिवद्धता व्यक्त गरेका थिए ।
त्यसै गरी प्रचार प्रसारको लागी बाईलट पेपरको नमुना सहीत ५० जना महिलाहरुलाई प्रशिक्षगराई महानगरको विभिन्न वडाहरुमा पररचालित गराईएको छ ।