खेलकुद

राष्ट्रिय क्रिकेट टोलीको विदाइ

१४ जेठ, काठमाण्डौ । अमेरिकामा आयोजना हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय एकदिवसीय सिरिज खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममार्फत विदाइ गरे ।

नेपाली टोली आजै अमेरिका प्रस्थान गर्ने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । सिरिजमा नेपाल, अमेरिका र ओमानबीच प्रतिस्पर्धा हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय नेपाली क्रिकेट टोली अमेरिकाको टेक्सस जान लागेको हो ।