प्रदेश 2

नमूना विद्यालयको भवन बन्दै

२५ साउन, जलेश्वर । जलेश्वरमा अवस्थित लक्ष्मीचण्डी मुरारका माध्यमिक विद्यालय भवन दुई करोड बढी रुपैयाँको लागतमा ‘नमूना विद्यालय’को भवन निर्माण हुने भएको छ ।

जलेश्वर नगरपालिका–२ मा अवस्थित सो विद्यालय भवन शिक्षा मन्त्रालयको रु दुई करोड ८७ लाख बजेट मध्ये दुई करोड १५ लाखमा ‘बाबा कर्मा जेभी जलेश्वरले’ बनाउन थालेको हो । जलेश्वर नगर प्रमुख सुरेश साह सोनारले भवनको शिलान्यास गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बरुणकुमार दाहालका दुई तल्ले सो भवनमा ८ कोठा हुनेछन् । विसं २००८ मा स्थापना भएको सो विद्यालयको भवन जीर्ण भएको थियो । जीर्ण भवनमै पठनपाठन हुँदै आएको प्रधानाध्यपक सञ्जीवकुमार झाले बताए । विद्यालयमा बाल कक्षादेखि १२ कक्षा सम्म पठनपाठन हुँदै आएको छ ।