प्रदेश 2

आफ्नै श्रीमतीको हत्या गर्ने यादव पक्राउ

२७ साउन, वीरगञ्ज । नेपाल प्रहरी श्रीपुरले एक व्यत्तिलाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर २३ का २६ वर्षीय दिनेश प्रसाद यादवलाई पक्राउ गरेको हो । यादवले आफ्नै श्रीमती २३ वर्षीय प्रतिमा कुमारी यादवको घाँटी दबाई कर्तव्य गरी हत्या गरेका प्रवक्ता प्रल्हाद कार्कीले बताए । उनका अनुसार मृतकको शवलाई पोस्टमार्टमको लागि नारायणी अस्पताल बीरगञ्जमा पठाइएको छ भने,उक्त घटनामा संलग्न यादवलाई नियन्त्रणमा लिई ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा अनुसन्धान भई रहेको कार्कीले बताए ।