समाचार

प्रधानमन्त्री देउवाद्वारा गिरिको स्वास्थ्यलाभको कामना

३१ साउन, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रधानमन्त्री देउवाले लतिलपुरस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहेका नेता गिरिको स्वास्थ्यलाभको कामना गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रतिनिधिसभा सदस्य गिरि विगत लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचारपश्चात् केही महिना पहिले नेपाल आएका थिए । 

नेपाल आउनासाथ निमोनिया देखिएकाले नेपाल मेडिसिटी अस्पतालमा यही साउन ९ गते भर्ना भई उनको उपचार भइरहेको छ । अस्पतालका डा पङ्कज बर्मनको नेतृत्वमा रहेको चिकित्सकको समूहले गिरिको उपचार गरिरहेको छ । चिकित्सक एवं परिवारका अनुसार उनको स्वास्थ्यमा क्रमिक सुधार देखिएको जनाइएको छ ।