खेलकुद

एमबान स्पोर्टस मिट २०२२ आयोजना हुँदै

१४ भाद्र, काठमाण्डौ । नेपाल मर्चेन्ट बैँकर संघको संयोजकत्वमा ‘Together for a Healthy Lifestyle’भन्ने नारासहित पहिलो पटक “एमबान स्पोर्टस मिट २०२२” अन्तर्गत विभिन्न खेलकुद प्रतियोगिताहरु आयोजना गर्न लागिएको छ ।

उक्त प्रतियोगितामा नेपाल मर्चेन्ट बैँकर संघका सदस्य संस्थाहरु साथै नियमक निकाय तथा अन्य सरोकारवाला निकायहरु समेत सहभागी हुन गईरहेका छन् ।

उक्त प्रतियोगितामा फुटसल, टेबल टेनिस र ब्याटमिण्टनलाई विभिन्न विधामा समावेश गरिएको छ । उक्त प्रतियोगितामा पुरुष तथा महिला विधामा टेबल टेनिस र ब्याटमिण्टनका प्रतिष्पर्धाहरु हुनेछ भने पुरुष विधामा फुटसल प्रतिष्पर्धा समेत हुनेछ र सम्पूर्ण प्रतियोगिताहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय नियमहरुको अधिनमा रहि संचालन हुनेछन् । सो कार्यक्रमको उद्घाटन सहित टेबल टेनिस र ब्याटमिण्टनका प्रतिष्पर्धाहरु यहि ०७९ भाद्र १७ र १८ गतेका दिन भत्केको पुल अवस्थित धनवन्तरी फुटसलमा हुनेछन् भने फुटसलका प्रतिष्पर्धाहरु प्रतियोगिता समापन सहि ०७९ भाद्र २४ र २५ गतेका दिन चन्डोैल अवस्थित ढुकु फुटसल हवमा आयोजना हुनेछन् ।