प्रदेश 2

चक्लेट लोड रहेका ट्रक पक्राउ

१७ भदौ, वीरगञ्ज । वडा प्रहरी कार्यालय बिर्ताले रु. ५० लाख बराबरको चकलेट बरामद गरेको छ ।

पर्सा प्रहरीले भन्सार प्रज्ञापनपत्रमा उल्लेखित परिमाणभन्दा बढी चकलेट बोकेको बिपी१३बिए ०२४७ नं.को भारतीय ट्रकलाई परवानीपुरबाट नियन्त्रणमा लिएको छ । सो ट्रक र चकलेटसहित रु ५० लाख मूल्याङ्कन गरी थप कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयालाई बुझाइएको छ ।