मनोरञ्जन

रानी र सि डि विजयको स्वरमा ‘कालो कोठी’ सार्वजनिक

२० भाद्र , काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएकी गायिका रानी शाक्य र सि डि विजय अधिकारी को स्वरमा ‘कालो कोठी’ गीत सार्वजनिक भएको छ । गीतमा समिर शाहीको शब्द र विक्रम थापाको संगीत रहेको छ ।

भिडियोमा अभिनेता सुधिर श्रेष्ठ र नम्रता सापकोटाले अभिनय गरेका छन् । रोमान्टिक भावको यो गीतमा यी दुईको रोमान्स देख्न सकिन्छ ।

सुवोल थापाको कोरियोग्राफी तथा आर्यन कार्की निर्देशनमा बनेको यो गीतको भिडियोमा बुद्ध थापाको छायांकन र विष्णु खड्काले सम्पादन गरेका छन् ।