प्रदेश 2

दबाब तथा प्रभावमा नपरी काम गर्न आग्रह

२२ भाद्र, वीरगञ्ज । मधेस प्रदेशका प्रमुखसचिव कृष्णबहादुर राउतले कर्मचारीलाई सेवामैत्री भावनाले सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।

निजामती सेवा दिवस २०७९ को अवसरमा पर्सामा आज आयोजित कार्यक्रममा उनले कर्मचारीले सबै सेवाग्राहीलाई कसैको दबाब तथा प्रभावमा नपरी काम गर्न आग्रहसमेत गरे ।

सो क्रममा पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सबै कर्मचारीले चुस्त दुरुस्तरूपमा प्रभावकारीरूपमा सेवा प्रवाह गर्नुपर्ने बताए । निजामती सेवा दिवस २०७९ को अवसरमा देशभरि विविध कार्यक्रम गरी मनाइँदैछ ।