प्रदेश 1

प्रतिनिधि सभा निर्बाचन सुनसरी–४ः काँग्रेसकै नेताको ज्ञानेन्द्र कार्की भगाउँ अभियान, कुशियत र कार्कीको अवस्था

९ कात्तिक, चक्रघट्टी । मंसिर ४ गते घोषणा भएको निर्बाचन आउन २५ दिन बाँकी छ, यस अवस्थामा सुनसरीको क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् संचार र कानून मन्त्रालय सम्हालेका ज्ञानेन्द्र बहादुर कार्की र प्रदेशको मन्त्रालय सम्हालेका नेकपा एमालेका पुराना नेता जगदीश प्रसाद कुशीयत प्रतिनिधि सभातर्फ उम्मेद्वारको चुनावी मैदानका प्रमुख प्रतिष्पर्धीका रुपमा छन् । १४ औं महाधिवेशनमा आवश्यक्ताभन्दा बढी गुटबन्दी गरेका कारण क्षेत्र नम्बर ४ मा मन्त्री कार्कीलाई काँग्रेसकै स्थानीय नेताहरुबाट सहयोग हुन गाह्रो छ भने झण्डै अढाई दशक अगाडीदेखी एमालेबाट साँसद भएर, मन्त्री भएर पनि उक्त क्षेत्रका जनताको आर्थिक अवस्था सुधार्न नसकेको आरोज प्रत्यासी कुशियतलाई लाग्ने गरेको छ ।
भोजपुरलाई निर्बाचन क्षेत्र बनाउँदा पटक पटक निर्बाचनमा पराजय भोगेका मन्त्री कार्कीलाई असन्तुष्टीकाबीच पनि सुनसरी ४ का जनताले बिजय गराएर पठाएपनि स्थानीय जनतालाई राहत हुने कुनैपनि काम नगरेको आरोप मन्त्री कार्कीमा लाग्ने गरेको छ ।


मन्त्री कार्कीले भोजपुरका काठमाडौंमा बस्नेहरुको लागिमात्र भेट घाट गर्नेगरेको, बिचौलीया र दलालहरुको मात्र काम गरेको, मन्त्रालयअन्तर्गतमा नियुक्ती दिँदा आफ्नो क्षेत्र, जिल्लाभन्दा अन्यलाई प्राथमिकता दिएको, विकास गर्ने नाममा हावादारी गफ दिएपनि काम केही नगरेको, सुकुम्बासी समस्या समाधानका गफमात्र गरेको, सञ्चारमन्त्री हुँदापनि स्थानीयलाई टेलिफोन टावर नभएर नेटवर्क ब्यस्त भन्ने पुरानो समस्या हल गर्न भूमिका नखेलेको, स्थानीयहरु बैदेशीक रोजगारमा गएर जीवीकोपार्जन गर्न जनतालाई धौ धौ हुँदापनि उनीहरुलाई राहत हुने कुनै कार्यक्रम नल्याएको, केही स्थानीय ब्यक्तीहरुलाईमात्र हातमा लिएर हिँड्दै पार्टीका इमान्दार नेता कार्यकर्तालाई वास्ता नगरेको, भोजपुरबाट सुनसरी प्रवेश गरी पुराना नेता कार्यकर्तालाई पाखा लगाउन भूमिका खेल्दै काँग्रेसलाई बर्बाद गर्ने रणनीति अपनाएको लगायतका दर्जनौं आरोप लगाउने गरेका छन् ।

नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्की र प्रदेश एकका पूर्व उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री कुसियैतले आ–आफनो ढङ्गले चुनावी मैदानमा मतदाताहरुलाई रिझाउने गरेका छन् । पाँचदलीय गठबन्धनको सहयोगमा निर्बाचनको प्रतिष्पर्धामा होमिएका मन्त्री कार्कीसँग जसपाको सहयोगमा एमालेबाट कुशियत मैदानमा छन् । प्रदेश क र क मा दुबै नेपाली काँग्रेसका उम्मेद्वारहरुलाई उम्मेद्वार बनाएका कार्कीले उक्त क्षेत्रमा सबैले रुख चिन्हमा मतदान गर्न पाउनेछन् भने कुशियतकोमा सुर्य र छातामा मत हाल्नुपर्ने बाध्यात्मक अवस्था छ ।
स्थानीय तहको निर्बाचन अगाडी ‘ज्ञानेन्द्र कार्की सुनसरीबाट भगाउ अभियान’को नेतृत्व गरेका नेपाली काँग्रेसका युवा नेता जीवन बिष्ट चुपचाप छन्, उनको तीब्र बिरोधमा उत्रिने गरेका डिल्ली कार्कीलाई समानुपातीकको बन्द सूचीमा राखेपछि उनीपनि चुपचाप छन् भने भित्रभित्रै नेताहरु शक्तीसाली मन्त्री हुँदा पनि केही काम नगरेको भन्दै हराउ अभियानमा सकृय छन् । १२ जना स्वतन्त्र उम्मेद्वार भएपनि केहीबाहेक मधेश मूलका स्वतन्त्र उम्मेद्वार भएका कारण एमाले उम्मेद्वार कुशियतकै मत काट्ने भन्दै काँग्रेसका कार्कीको बिजय हुनेमा स्थानीय काँग्रेसीहरु ढुक्क देखिन्छन् भने स्थानीय तहको भर्खरै सम्पन्न निर्बाचनमा चारवटा पालीकामा सबै काँग्रेसले बिजय हाँशिल गरेपछि मन्त्री कार्की आफले जित्नेमा आत्माबल बालियो बनाएका देखिन्छन् ।
मन्त्री कार्कीसँग यो पटक प्रदेश सभा क मा पहाडे मूलको उम्मेद्वारलाई टिकट नदिएको भन्दै उनकै समर्थकको पनि सहयोग नहुनसक्ने आँकलन स्थानीयले लगाएका छन् । यसभन्दा अगाडीको निर्बाचनमा पहाडेलाई क मा र मधेशी मूलकोलाई ख मा उम्मेद्वार बनाएका थिए । एमाले उम्मेद्वारलाई एमाले फुटेर गएको नेकपा एस र माओबादी केन्द्रको मत नजाँदा मत घट्ने प्रवल सम्भावना छ भने उनीसँग पनि एमालेका पुराना नेताहरुसमेत रुस्ट छन् ।

काँग्रेसमा नेकपा एमालेमा भन्दा कम बिबाद भएपनि कोईराला परिवारको गणको रुपमा प्रवेश गरेर देउवा गुटका नेता ज्ञानेन्द्र बहादुर कार्कीले सुनसरी काँग्रेसलाई तहस नहस बनाउन खोजेकोमा कोईराला समूह कार्कीसँग रुष्ट छ भने देउवा सर्मूहका नेताहरुलाई नै समेट्न नसकेकोमा उनकै समूहका सुनसरीका नेताहरु मन्त्री कार्कीसँग खुसी छैनन् ।
मन्त्री कार्कीले सुनसरी २ मा, सुनसरी र प्रदेश नम्बर १ का प्रभावशाली नेता राजीव कोईरालालाई प्रतिनिधि सभामा टिकट दिन सकेनन् भने नेबिसँघका अध्यक्षसमेत भईसकेका काँग्रेस केन्द्रीय सदस्य राजीव ढुंगानालगायत नेताहरुलाई चित्त बुझाउन सकेनन् । उनका पक्षका हुन् वा कोईराला समूहका नेताहरु हुन् मन्त्री कार्कीले सुनसरीको काँग्रेस राजनीतिमा प्रवेश गरी आफुहरुलाई समाप्त पार्न खोजेको भन्दै उनलाई हराउन लागे भने मन्त्री कार्कीका लागि यो मंसिर ४ गतेको निर्बाचन फलामको चिउरा हुँदै पराजयमुखी हुँदै यो निर्बाचन नै उनको अन्तिम राजनीतिक लडाईं हुनेछ । मन्त्री कार्की सबैभन्दा बलिया प्रतिष्पधी त हुन् तर उनले काँग्रेसलाई नै मिलाउन सकेनन् भने उनलाई समस्या पर्नसक्ने स्थानीय काँग्रेसीको तर्क छ ।