आर्थिक

नेपालमा उद्योग किन सफल हुँदैन ???

प्रवलजंग पाण्डे /नेपालमा उद्योग को ईतिहास बिराटनगर को जुट मिल बाट शुरु भएको हो, यस मिलका मजदुर नेताहरु प्रधानमन्त्री समेत भै सके, उद्योग ले नेता उत्पादन गर्न सक्यो तर उद्योग जोगाउन सकेन
उद्योग बिकास कै क्रममा पन्चायत कालमा पनि बिदेशी कै सहायतामा पनि क्षेत्रगत रुपमै केही महत्वपुर्ण त्यस समयका मझौला देखि ठुला उद्योग सम्म खुले, तर प्रजातन्त्र आए सगै केही नीजिकरण भएर बन्द भए, नीजिकरण नभएका पनि अहिले सम्म सरकारलाई बोझकै रुपमा घिटीघिटी चलिरहेका जस्तो देखिन्छ जो मजदुरको नाममा केबल कार्यकर्ता भर्ति केन्द्र को रुपमा मात्र छ ।
२०४६ साल भन्दा केही अधि र पछि खुलेका गार्मेन्ट, पस्मिना र कार्पेट धेरै जसो अस्वस्थ आन्तरिक प्रतिस्पर्धाको कारणले केही माओवादी द्वन्द्वको कारणले बन्द नै भए ।
सँग सगै अरु खाद्यान्नको प्रशोधन सग सम्बन्धित उद्योगहरु, औषधि उद्योगहरु र साना मझौला उद्योगहरु सरकारको कुनै सहयोग र प्रोत्साहन बिना खुल्दै गए ।
त्यसपछि नेपाली उद्योगीहरुले साहस गरेर ठुला उद्योगहरु जस्तै सिमेन्ट, स्टिल जस्ता उद्योगमा पनि लगानी बिस्तार गरे, सिमेन्ट उद्योगमा सरकारको पनि राम्रै सहयोग प्राप्त भयो जसले पहुच मार्ग निर्माण र उद्योग क्षेत्रसम्म बिजुलीको व्यवस्था गर्यो । सिमेन्ट यस्तो उद्योग हो जहां ५० प्रतिशत भन्दा बढी value add हुन्छ । तर आज GAP analysis नगरी अधाधुन्दा लगानी बृद्धी गर्दा, नसोची बिदेशी लगानी भित्राउदा र सरकारको बिकास खर्च नहुँदा संकट मा छ, स्टिल उद्योगको अवस्था पनि उस्तै छ ।
अब नेपालमा कस्ता उद्योग खोल्ने, कुन उद्योग खोल्ने, आन्तरिक बजार अध्ययन गरेर मात्र कति लगानी गर्ने, आयात प्रतिस्थापन गर्ने र बिदेशीसँग पनि गुणस्तर र मुल्यमा प्रतिस्पर्धि हुने उद्योगमा मात्र लगानी गर्नु पर्ने हुन्छ । तर यि अवट्ठथाहरु पुरा हुने देखिदैन, यहां सरकारले उद्योगको लागि लामो समयसम्म जग्गा उपलन्ध गराउदैन, जग्गा व्यवसायी आफैंले खरिद गर्दा देखि उद्योग सन्चालन गर्दा सम्म लागत अरु देशको तुलनामा अत्यन्तै बृद्दी भै सकेको हुन्छ, उद्योग सन्चालनको क्रममा पुर्वाधारको कमी र सडकको भार बहन क्षमताको कमीले ढुवानी लागत निकै उच्च हुन्छ, बैकको व्याज दर अरु छिमेकी मुलुकमा भन्दा बढी हुनु, सरकारको अस्थिर नीति हुनु, यि सबैको बावजुत पनि कोही सफल भै हाले पनि सबै जनाले GAP analysis नगरी लगानी बिस्तार गरी अस्वस्थ आन्तरिक प्रतिस्पर्धा कै कारण उद्योग धरासायी हुने देखियो, नेपालको बजार निकै सानो छ, बिदेशी बजारमा गुणस्तर र मुल्यका कारण हामी प्रतिस्पर्धी हुने कुरै भएन । अर्को तर्फ हाम्रा दुई छिमेकी मुलुकहरु कसरी आफ्नो बस्तु बिश्व बजारमा प्रतिस्पर्धी हुने भनेर निरन्तर लागी रहदा र बिश्व कै उत्पादन हव बनिरहदा हाम्रो भने दिन प्रति दिन प्रतिस्पर्धि क्षमतामा ह्रास आई रहेको छ र भएका केही उद्योग पनि केही समय मै बिस्तापित हुने अवस्थामा छन् ।
अन्न्त्यमा निस्कर्ष आफैं निकालौ हामी कहां छौ…