विचार/ब्लग

यसकारण पटक-पटक भन्छु ‘आई लभ यू काठमाडौं’

रेनु तण्डुकार/ काठमाडौ नेपालको राजधानी हो । देशको केन्द्रीय राजधानी भएका कारण काठमाडौ नेपालको मुटु हो । काठमाडौ हावापानीको हिसाबले पनि राम्रो छ । यहांको हावापानी अरु ठाउंको भन्दा ठिक छ । अधिराज्यभरबाट सबै मानिसहरु उच्च शिक्षा हासिल गर्न लगायत आफ्नो जिवन शैलीलाई राम्रोसंग विताउन, राम्रो जागीर खान, केही बन्नको लागि काठमाडौ आउदछन् । काठमाडाै‌ देशका अरु शहर भन्दा धैरै सुबिधासम्पन्न र भरिपूर्ण छ । अधिकांश गुण्स्तरीय स्कुल, उच्च शिक्षाका लागि विश्व विद्यालय, उच्च जिवन शैली, ठूलाठूला भवन, सिनेमा हल, हजारौंका लागि रोजगारको गन्तब्य आदी बढी पाईन्छन् पाईन्छन् काठमाडौंमा ।
एकमात्र अन्तराष्ट्यि बिमानस्थल भएका कारण बिदेश जानको लागि पनि हेरक नेपालीले काठमाडौ नै आउनुुपर्छ । काठमाडौमामात्र अन्तर्राष्ट्रिय बिमानस्थल छ भर्खरै पोखरा र निजगढमा अन्तर्राष्ट्रिय बिमानस्थलको निर्माण हुने, कतै उद्घाटन हुने भनिएको भएपनि काठमाडौंको बिमानस्थलसँग तुलनै गर्न सकिन्न । काठमाडौमा वैंकका केन्द्रीय कार्यालयहरु, मेनपावर, दर्जनौं सहकारी संस्था, कलेज–स्कुल, अस्पताल, कर्पोरेट कार्यालय, ठुला ठुला सडक, सबै पाइने कपडा पसल, खाने पसल, लगाउने पसल लगायत सुनपसल पनि पाइन्छ । नेपालका ठूला उद्योगति, ब्यापारी, वकील, राजनीतिक, कूटनीतिज्ञ, पत्रकारहरु पनि प्रायः काठमाडौमा नै बस्दछन् । हरेक किसिमको रोजगारीको अवशर काठमाडौंमा छ । हिन्दूहरुका महत्वपूर्ण भगवान पशुपतिनाथको मन्दिर पनि काठमाडौमा छ । काठमाडौंलाई मन्दीरहरुको शहर पनि भनिन्छ । बिभिन्न मन्दीरहरु भएका कारण पनि भारत, चीनलगायत विभिन्न देशका धर्मालम्बीहरु भगवानको दर्शन गर्न आउंछन् । पशुपतिनाथको मन्दिरले गर्दा पर्यटन क्षेत्रलाई पनि ठूलो टेवा पुगेको छ । काठमाडौमा नौ तल्ले धरहरा पनि छ, २०७२ सालको महाभूकम्पका कारण भत्किएको भएपनि पुनन्निमार्णपछि यसलाई हेर्न मानिसहरु देश विदेशबाट आउंछन् । काठमाडौमा रानीपोखरी पनि छ जसको अवलोकन गर्न मानिसहरु देशका विभिन्न ठाउंबाट आउछन् । त्यस्तै चिडियाखाना पनि छ, जसको अवलोकन गर्न साना बालबालीकाहरुदेशी स्वदेशी पर्यटक आउंदछन् । काठमाडौमा हरेक कुराको सुविधा छ, जस्तै खानेपानी घरघरमा आउछ । विजुली बत्ती पनि छ । हरेक किसिमका इन्टरनेटहरु, अन्य भौतिक सुविधाहरु पनि छन् । घरमा बसि बसि विश्वमा के भएको छ, सबै थाहा पाउन सकिन्छ । काठमाडौमा सुबिधासम्पन्न अपतालहरु पनि छन्, जसको कारण देशको विभिन्न ठाउंबाट रोगहरुको उपचार गर्न मानिसहरु आउंछन् । काठमाडौको बसन्तपुर, जहां विदेशी पर्यटकहरुलाई भेट्न सकिन्छ । ठमेल जुन ठाउंमा विदेशीहरुलाई घुमीरहेको भेट्न सकिन्छ । काठमाडौ शहरको अर्को मुटु भनेको न्यूरोड पनि हो । न्याूरोड, महाबौद्ध, सुन्धारा क्षेत्र ब्यापारीक क्षेत्रको रुपमा चिनिन्छ, त्यहाँ होलसेलमा बिभिन्न सरसामग्रीहरु पाईन्छ । केन्द्रीय संसद भवन पनि काठमाडौमा नै छ । जहाँ बसेर २७५ जना साँसदहरु बैठक बसेर राष्ट्रपति, प्रधानमन्त्री बनाउने निर्णय गर्दछन्, बिभिन्न बिषयमा बहस र छलफल गर्दछन्, ठुूला ठूला निर्णय गर्छन् । काठमाडौमा नै प्रशको प्रशासनिक केन्द्र सिंहदरबार छ, नेपालको एकमात्रै रेडियो स्टेशन छ, जुन सिहंदरबारमा रहेको छ । आजकाल पहिला जस्तो काठमाडौ शहर फोहर छैन । अर्को काठमाडौको मुटु भनेको रत्नपार्क पनि हो । जसको छेउमा एउटा पार्क, टुंडिखेल, बीर अस्पताल, बागबजार, घण्टाघर, त्रिचन्द्र कलेज, पुरानो बसपार्क, दरबार हाईस्कुल, रानीपोखरी, जमल, सहीदगेट, दरबारमार्ग लगायत छन् । रत्नपार्क र छेउछाउमा घुमेर रमाइलो गर्न सकिन्छ । काठमाडौमा अर्को महत्वपूर्ण स्थान कलंकी रहेको छ, जुन ठाउंलाई बस स्टेशन पनि भनिन्छ । बाहिरबाट काठमाडौं आएका मानिसहरु आफ्नो घर जान्छन् । काठमाडौ उपत्यका विभिन्न कला अनि संस्कृति ले भरिपूर्ण छ । यहां चार जात छतिस वर्णका मानिसहरु बसोबास गर्छन् । काठमाडौमा नेवार जातको बाहुल्यता छ । काठमाडौं उपत्यका नेवारी संस्कृतिले भरिपूर्ण छ । नेपाल जसको कारण विदेशमा पनि चिनिन सफल भएको छ । काठमाडौका हरेक मठमन्दिर कलाले भरिपूर्ण छन् । काठमाडौमा भएका मठमन्त्रीर र कला हेर्न विभिन्न देशबाट मानिसहरु आउंछन् । जसलाई हामी पर्यटक भन्छौं । पर्यटक हाम्रो देशका पाहुना हुन् । यीनलाई स्वागत गर्नू हाम्रो दायित्व हो । ‘अतिथि देवो भवः’ भन्ने मुल नाराका साथ नेपाल सरकार अगाडी बढ्ने गर्दछ ।
काठमाडौ उपत्यका भन्ने वित्तिकै काठमाडौ, ललितपुर र भक्तपुर पर्दछ । यी तिनवटै ठाउं कला संस्कृतिले भरिपूर्ण छ । भक्तपुरमा प्रच्पन्न तल्ले दरवार पनि छ । भक्तपुरको पर्यटकीय गन्तब्यका कारण नेपालको पर्यटन क्षेत्र निकै माथि उठाउन सहयोग गरेको छ । जसले गर्दा नेपालको अर्थतन्त्रमा निकै टेवा पुगेको छ । काठमाडौंमा बौद्ध, स्वयम्भू पनि छ, जहां वौद्ध धर्मालम्बीहरु बस्छन् । काठमाडौमा मातातिर्थ पनि छ, जहाँ आमाको मुख हेर्ने दिन मेला लाग्छ । त्यसैगरी गोकर्ण पनि छ, जहा बुबाको मुख हेर्ने दिन मेला लाग्छ । जहां पृत्रीहरुको श्राद्ध पनि गरिन्छ । पितृहरुको श्राद्ध गर्न देशका विभिन्न ठाउंबाट मानिसहरु आउंछन् । बौद्ध मन्दीर, स्वयम्भू मन्दीर भन्ने बित्तिकै बुद्धसंग सम्बन्धित छन् । बुद्ध शान्तिका प्रतिक हुन् । उनी शान्तिका प्रतिकका रुपमा विश्वभरि चिनिएका छन् । नेपालको नामलाई विश्वमा चिनाएका छन् । विश्वले नेपाललाई शान्तिको देशको रुपमा चिन्दछ । विश्वमा शाान्ति कायम गर्न हाम्रो देशबाट सैनिक तथा पुलिसलाई विश्वका विभिन्न ठाउं जहाँ लडाई भएको छ, त्यहाँ शान्ति कायम गर्न लगीन्छ, यसैक्रमका कतिले त बीर गति प्राप्त गर्छन् । काठमाडौमा भएका म्यानपावरहरुल देशका युवाहरुलाई कामको लागि बिदेश लैजान्छन् । कति युवाहरु आफ्नो देशमा काम नपाएर विदेश जानु परेको छ। यसैक्रममा कतिले आफ्रनो ज्यान गुमाउन पुगछन् । हरेक दिन काठमाडौको एयरपोर्टमा लाशहरु आउछन् । कति आमाहरुको काख रितिन्छ , कति नारीको सिउदो पुछिन्छ, कति बालबालिकाहरु टुहुरो हुन पुग्छन् । यति हुदां पनि नेपालका युवाहरु विदेश जान कम भएको छैन, यतिहुँदाहुँदैपनि बिदेशिनुपर्ने युवाहरुको बाध्यता छ । गाईजात्रा पर्व पनि काठमाडौंमा मनाईन्छ । ।काठमाडौको नेवारी जातको अर्को ठूलो पर्व घोडेजात्रा हो । घोडेजात्रा मनाउंदा नेवारहरुले विभिन्न थरिका खानेकुरा खाइ भव्य तरिकाले मनाउंछन् । यस दिन काठमाडौको टुडिखेलमा घोडाहरु डराइन्छ । यो चलन परापुर्वकालदेखि चलि आएको हो । उपत्यकामा अर्को ठाउं पनि पर्छ, जुन हो भक्तपुर । यो ठाउंको आफ्नै सस्कृति र परम्परा छ । यहाँको ठुलो पर्व भनेको वैशाख १ गते मनाउने विष्केट जात्रा हो । यो जात्रा भक्तपुर बासीले भव्य रुपमा मनाउछन् । यो जात्रा अन्तर्गत जिब्रो छेड्ने जात्रा पनि पर्छ । त्यस्तै उपत्यका भित्र ललितपुर अर्थात पाटन पनि पर्छ । जुन ठाउंको आफ्नै कला सस्कृति रहेको छ । यस ठाउको सवभन्दा ठूलो जात्रा भनेको रातो मच्छिन्द्रनाथको जात्रा हो, जुन यहांको मानिसले भव्य रुपमा मनाउंछन् । यसमा रातो मच्छिन्द्नाथको रथलाई पाटनको विमिन्न ठाउंमा तानिन्छ, जुन ठाउंमा तानिन्छ, त्यसदिन त्यस ठाउंमा त्यस ठांउका मानिसले भोज गर्छन् अर्थात विभिन्न थरिका नेवारी खानाहरु खाने आफन्तजनलाई बोलाई नेवारी भोज खुवाइन्छ, साथसाथै आफन्तसंग भेटघाट गरी भव्य तरिकासगं मनाउछन् । काठमाडौमा पशुपतिनाथको मन्दिर शिवरात्रि, तीज पर्व भव्यरुपमा मनाइन्छन् । शिवरात्रीमा हाम्रो छिमेकी मुलुक भारतबाट पनि पर्यटकहरु आउंछन् । यस पर्वलाई मनाउन देश विदेशबाट हिन्दुधर्मालम्बीहरु काठमाडौमा रहेको पशुपतिनाथको मन्दिर आउछन् । यस दिन काठमाडौको टुडिखेलमा नेपाली सैनिकद्वारा विभिन्न खेलहरु देखाउने, साथै यस कार्यक्रमलाई राष्ट्रपति र प्रधानमन्त्रि आएर कार्यक्रममा सरिक हुने गर्छन् ।
मन्दीर नै मन्दीरको शहर, बिश्वका थरी थरी मानिसहरु बस्ने ठाउँ, अवशर नै अवशरको शहर, नेपालको मुटुमा रहेको शहर, देशकै सबैभन्दा धनीदेखी सबैभन्दा गरिवसम्म बस्ने ठाउँ हो काठमाडौं । देशको ७५३ वटा स्थानीय तह, सात प्रदेश ६७ सयभन्दा बढी वडा सबै नेपालीहरु एकपटक घुमिसकेको र घुम्नुपर्ने देशकै केन्द्र हो हाम्रो काठमाडौं, मेरो काठमाडौं, अझ म काठमाडौंकै नेवार भएकोले म र मेरो समुदायको लागि अझ महत्वपूर्ण छ काठमाडौं, ‘आई लभ यू काठमाडौं’।