कृषि

भूमिगत सिँचाइ प्रणाली उद्घाटन


२२ पुस,चितवन । पश्चिम चितवनको जगतपुरमा एक सय ६० बिघा जग्गाका लागि भूमिगत सिँचाइ प्रणालीको उद्घाटन गरिएको छ । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाले निर्माण गरेका चार सिँचाइ प्रणालीको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गरेकि छिन् ।

रु तीन करोड ४७ लाख ३१ हजारको लागतमा निर्माण गरिएका ती सिँचाइ प्रणालीको उद्घाटन गर्दै महानगर प्रमुखले कृषिलाई आधुनिकीकरण गर्ने क्रममा सिँचाइ प्रणाली आवश्यक रहेको बताइन । महानगरले अहिलेसम्म पाँच सय ६२ स्यालो ट्युवेल निर्माण गरिदिएको उनलेले बताइन। यस वर्ष पनि महानगरबाट एक सय वटा स्यालो ट्युवेल वितरण गर्ने उनले जानकारी दिइन । सिँचाइको अभावमा स्थानीयले खेप्नु परेको समस्या समाधानका लागि कोसेढुङ्गा साबित भएको उनको भनाइ छ ।

उनले भनिन्, “हिउँदमा समेत सिँचाइको व्यवस्था हुने गरी गरिएका यी आयोजनाले जनताको समस्या समाधान गर्ने विश्वास लिएको छु ।” कृषिको प्रचुर सम्भावना भएको यस ठाउँमा सिँचाइको अभाव भएको उनले बताइन। दीर्घकालीन हिसाबले नारायणी सिँचाइ आयोजना अघि बढाइएको उनले जानकारी दिइन् । कृषि क्षेत्रको विकासका लागि महानगर लागिपरेको उनले बताइन्।

चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाका प्रमुख देवकुमार स्याङ्बोले हालसम्म चार हजार बिघा ,दुई हजार पाँच सय हेक्टर क्षेत्रफलमा सिँचाइ पु¥याइएको जानकारी दिए। वि सं २०७७ मा स्थापना भएको सो कार्यालयले जिल्लाको १० हजार पाँच सय हेक्टर क्षेत्रफलमा बाह्रै महिना दिगो भरपर्दो सुलभ सिँचाइ पु¥याउने लक्ष्य लिएको छ । यसका लागि रु चार अर्ब ६४ करोडको आयोजना रहेको उनले जानकारी दिए । हालसम्म कार्यालयले ६० ठूला डिप ट्युववेल सिँचाइ प्रणाली र तीन सय २५ स्यालो ट्युबवेल निर्माण कार्य सम्पन्न गरेको उनले बताए ।

कार्यालयले चितवन र मकवानपुरका विभिन्न पालिकामा काम गर्दै आएको छ । आयोजनाको भरतपुर महानगरपालिका तथा रत्ननगर, कालिका, राप्ती र खैरहनी नगरपालिका कार्यक्षेत्र हो भने वार्षिक कार्यक्रमले तोकेअनुसार चितवनको माडी र मकवानपुरसमेत हेर्दै आएको उनले जानकारी दिए।