प्रदेश 2

मधेश प्रदेशः जसपा नेता यादव मुख्यमन्त्री नियुक्त

२७ पुस, जनकपुरधाम । जनता समाजवादी पार्टी जसपा मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएका छन् ।

प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नेपालको संविधानको धारा १६८ ,२० बमोजिम यादवलाई आज मुख्यमन्त्री नियुक्त गरेका हुन्। सत्ता गठबन्धन दल र दुई स्वतन्त्र सांसद गरी ६३ जनाको समर्थनमा यादवले आज नै मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। नेता यादवलाई नेकपा एमाले २३०, जसपा १६०, जनमत पार्टी १३०, माओवादी केन्द्र आठ, राप्रपा र नागरिक उन्मुक्ति पार्टी एक/एक सहित दुई जना स्वतन्त्र सांसदको समर्थन रहेको छ ।

समर्थन गर्ने स्वतन्त्र सांसदहरुमा सुरिता कुमारी साह र अनिरुद्रकुमार सिंह रहेका छन् । मधेश प्रदेशसभामा छ जना स्वतन्त्र रहेका छन् । सरकार गठनको दाबी पेस गर्न बिहीबार दिउँसो ४ बजेसम्मको समयसीमा भए पनि प्रदेश प्रमुख मिश्रले यादवलाई आजै मुख्यमन्त्री नियुक्त गरेका हुन् ।