समाचार

अन्तत: भूषाल नेकपा (एकीकृत समाजवादी)मा प्रवेश

२९ पुस, काठमाडौँ । नेकपा एमालेका पूर्व उपमहासचिव एवं वामपन्थी नेता घनश्याम भुसाल आज नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

नयाँ बानेश्वरस्थित अर्याल होटलमा पत्रकार सम्मेलन गर्दै भुसालले नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका हुन्।

गएको मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा एमालेबाट टिकट नपाएपछि उनले एमाले छाडेर रुपन्देहीबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए। एकीकृत समाजवादीले भुसाललाई सचिवालय सदस्यमा मनोनयन गर्ने तयारी गरेको छ । भुसालले एकीकृत समाजवादी पार्टीमा रहेर ठूला पार्टीलाई एक बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।