विचार/ब्लग

देशभक्त, इमान्दार नेपाली र मगर हुन पाउँदा गर्व गर्छु

सुबाश  मगर/ नेपाल चार जात ३६ वर्णको फूलबारी हो भन्ने कुरा नेपाल निर्माता पृथ्वीनारायण शाहले दिव्योपदेशमा बताएकै कुरा हो । नेपाल एकीकरण र त्यो भन्दा अगाडिदेखि नै २२ सय २४ सय गरी बिभिन्न स-साना टुक्रामा रहेका मुलुकमा नै बिभिन्न जातजातिको बसोबास रहेको थियो । नेपालको इतिहासमा ब्राम्हण, क्षेत्री, वैश्य र सुध्र गरी चार जात र ३६ वर्णको बारेमा पनि अध्ययन अनुसन्धान भएको छ । पूर्णकाल, मध्यकाल र आधुनिककाल जुनसुकै काल भएपनि जातीय आधारमा मानिसहरूलाई वर्गीकरण गरेको थियो । जातीय आधारमा वर्गीकरण गरिएपनि बिभिन्न जातजाति र भाषा बोल्ने सबै मिलेर नै बसेका थिए र छन् ।

यसमा पनि आधुनिक काल वा बि.स १८२५ देखी अहिलेसम्म कुन जातीको बसोबास नेपालमा बढी छ भन्ने प्रश्न उठाउँदा मगर जाती अहिलेको पछिल्लो २०६८ सालको जनगणनाअनुसार क्षेत्री, ब्राम्हण पछि तेस्रो सबैभन्दा बढी सङ्ख्यामा बसोबास गर्ने गरेको तथ्यांक आउँछ । मगरहरूको संख्या ७.१ प्रतिशत रहेको तथ्यांक विभागको २०६८ सालको जनगणनाले देखाएको छ । नेपाल एकीकरणदेखि सैनिक, निजामती, राजनीतिक, सामाजिक, ब्यापार, कृषि, पर्यटनलगायत हरेक क्षेत्रमा मगर जातिको महत्वपूर्ण योगदान रहेको तथ्य इतिहास जीवित छ । नेपालको जनसङ्ख्याको आधारमा तेस्रो स्थानमा रहेको मगर जातिको इतिहास धेरै पुरानो र महत्वपूर्ण रहेको छ ।

सङ्ख्याको हिसाबले मगर जाति नेपालकै तेस्रो भएपनि जनजातिमा पहिलो स्थानमा रहेको छ । मगर जाति जातित्वको हिसाबले एकदमै सोझा र इमानदार मान्छिन् । आफ्नो कर्तव्य प्रति सदैव निष्ठावान् रहने देशको महत्वपूर्ण हिस्सा रहेको मगर जातिले मुलुकको अस्तित्व जोगाउन कतिपय इतिहासका कालखण्डमा आफ्नो बलिदान पनि दिएका छन् । पहिलो सहिद लखन थापा (१८३५-१८७७) जस्ता अमर सहिदहरू जो आफू मरेर गए पनि आफ्नो देश सदैव स्वतन्त्र र जीवित रहोस् भन्ने महान सोचाइ भएका नेपाली थिए र उनको पनि मगर जातिको आमाबाट जन्म भएको थियो । मगर जातिको आफ्नै धेरै उपथर रहेको छ । नेपालकै विभिन्न जातिहरू मध्ये बढी उपथर रहेको जाति मध्ये मगर जातिलाई मानिन्छ ।

मगर जातिको उपथरहरु धेरै हुन्छ । जस्तैः थापा मगर, आले मगर, घर्ती मगर, आले मगर, पिठाकोटे मगर, लामिछाने मगर, पूर्वछाने मगर, लम्छानिया मगर, राना मगर, बुढाथोकी मगर, खपाङ्गी मगर, पाङमी मगर, बूढा मगर, किङरिङ मगर, मिरीङचिङ मगर, सिंजाली मगर, फेवाली मगर, तिर्के मगर, पेगेल मगर, रामजोली मगर, साव मगर, रुखमानी मगर, वैजाली मगर, तिके मगर, फुङ्जा मगर, रोका मगर, सथिघरे मगर लगायत झण्डै चार सयको हाराहारीमा उपथरहरू रहेका छन् । मगर जाति सोझा र इमानदार भएकाले सदैव आफ्नो कर्तव्य प्रति निस्थावान रहन्छन् । मगर जाति आफैमा इमानदारी र आस्थावान भएकाले विभिन्न शारीरिक तथा इमानदारी वहन गर्न पर्ने काममा सरिक गराइएको र गरेको पाइन्छ ।

अन्तराष्ट्रिय तथा राष्ट्रिय स्तरमा धेरै नै मगर जातिले वीरगति प्राप्त गरी सकेको पाइन्छ । मगर जातिको सपूत लखन थापा मगर जस्ता अमर सहिदहरुले नेपालको लागि आफ्नो बलिदान दिएको सबैको मन मष्टिकमा ताजै छ । अमर सहिदहरुले आफ्नो मुलुुुक र राष्ट्रको लागि महत्वपूर्ण योग्दान दिएका छन् । नेपालको पहिलो प्रधान सेना पति विराज थापा मगर हुन् । इतिहासमा मगर जाति एक महत्वपूर्ण रहेको छ । चाहे त्यो प्रजातन्त्र ल्याउन होस, चाहे त्यो माओबादी जनयुद्धमा नेतृत्व गरेको जनआन्दोलन नै किन नहोस । पुष्पकमल दहालले नेतृत्व गरेरको माओबादीको १० बर्षे भैमिगत जनयुद्धमा धेरै मगर जातिबाट सहिद भएका छन् । विशेषतः पश्चिमी जिल्लाको रुकुम, रोल्पाका मगर जातिले पनि महत्वपूर्ण योगदान दिएको छ । मगर जातिहरु पूर्व पश्चिम चारै तिर फैलिएर बसोबास गरेको पाइन्छ । मगर जाति विश्वकै विभिन्न स्थानमा पुगेको पाइन्छ । मगर जातिको सोझोपन र इमान्दारीपनले गर्दा नै बृटिसमा भर्ति पनि मगर जातिबाटै अधिकांस गर्ने गरेको पाइन्छ । विश्वभर नै छरिएर रहेको मगर जातिको आफ्नो छुट्टै पहिचान बनाएको पाइन्छ ।

हङ्गेरी देशको नाम पनि मगर जाति बाटै नामाकरण भएको भनिन्छ । हङ दाजु र ग्यारी भाइ यी दुइ मगर दाजुभाई थिए । यी दाजुभाइ हङ र ग्यारीको नामबाट नै हङगेरी देशको नामाकरण भएको विभिन्न अध्ययनहरुले देखाएको पाइन्छ । हङगेरीमा पनि अधिकांस मगर जातिको बसोबास रहेको छ । मगर जातिको बाहुलीयता रहेकाले यहाँ मगर भाषामा अर्थात मातृ भाषामा नै बोलिचाली गर्ने गर्दछ । हङगेरीमा बालीने मगर भाषा र नेपालमा बोलीने मगर भाषा ४० प्रतिशत मिल्ने अध्ययनले देखाएको पाइन्छ ।

मगर जातिको सामाजिक तथा साँस्कृतिक परम्परा मौलिकपन रहेको पाइन्छ । पूर्वपश्चिम र उत्तर दक्षिण चारै तिर फैलिएर बसोबास गरेको मगर जातिको पनि छुट्टाछुट्टै भाषाभाषी तथा चाल चलन रहेको छ । अधिकांस भाषा तथा संस्कार साँस्कृतिमा मेल खाएता पनि केहि फरकपन मगर जातिको संस्कार तथा सस्कृतिमा भएको पाइन्छ । भौगलिक अनुसार मगर जातिको संस्कार तथा संस्कृतीमा पनि केहि फरकपन आउने गर्दछ । जस्तैः पश्चिमतीर हूर्रा नाँच बढी प्रचलनमा छ भने पूर्वतीर मारुनी नाँच बढी प्रचलनमा मगर जातिले प्रचलनमा ल्याउने गर्दछन् । मगर जातिले विभिन्न चाडपर्व मनाउने गर्दछ ।

विशेष गरेर मगर जातिले विजय दशमी, दिपावली, तिज, चैत दशैं, साउने सँक्रान्ती जस्ता पर्वहरु मनाउने गर्दछन् । मगर जातिमा कुनै मगर समुदायले माघे सँक्रान्तीलाई मूख्य पर्वमा मनाउने गर्दछन् । कुनै मगर समुदायले सामान्य रुपमा मनाउने गर्दछन् । मगर जातिको पूर्वेली र पश्चिमी भाषामा मातृ भाषामा पनि धेरैनै फरकपन आउने गर्दछ । मगर जातिको मातृ भाषा थर अनुरुप फरक–फरक नभएता पनि भेग अनुरुप फरक–फरक हुने गर्दछ । मगर जातिको पोसाक भने जुनसुकै भेगमा पनि एउटै हुने गर्दछ । यसर्थ ठाउँ र समुदाय अनुरुप मगर जातिको पनि भाषामा फरकपन आएता पनि मगर जातिको राष्ट्रिय पोसाकमा भने समान हुने गर्दछ र एउटै हुने गर्दछ । मगर समुदायको विवाह प्रसङ्ग एकदमै रोचक हुने गर्दछ । विवाह गर्दा सकेसम्म आफ्नो जातभित्रै गर्ने गर्दछ । केही वर्ष अघिसम्म मामाचेली र फूपूचेलाबीच वैवाहिक सम्बन्ध हुने गरेका थिए । तर यो प्रचलन वर्तमान दिनहरुमा बिस्तारै हराउँदै गइरहेका छ ।

मगर जाति सोझो र इमानदारी हुनाले हेपाईको दृष्टिलेसमेत कतिपयले हेर्ने गर्छन् । खानपिन र लवाइखवाइमा पनि विभेदीकरण कतिपयमा हुने गर्दछ । बिशेषतः मगर जातिमा जाड–रक्सी पहिले बढी नै सेवन गर्दथे । अहिलेको यो युगमा आएर खानपनको कुरालाई पनि जातसंग जोडिरहन आवश्यक ठान्दिन । यद्यपी यो आधुनिक समाजमा पनि बेला बखत यो विषयले ओगत्ने गर्दछ । यदि कसैले त्यो कुरालाई कुनै बिशेष समुदायलाई लिएर भन्छ भने त्यो जातित्व विभेद होईन र ? एउटा बाहुनको छोराले अथवा बाहुन जातिले कुनै रेस्टुरेन्टमा गएर बाङ्गुरको मासु खान्छ भने त्यसमा आश्चर्य मान्नुपर्ने कुरा के छ ?

रक्सी पीउनु नेपाली जनजातीमात्र नभएर मगर जातीको साँस्कृति हो, एउटा मगर जातियताका हिसावले जाँडरक्सी सेवन गर्नु स्वभाबिक हो, मगर जातिको बिभिन्न पुजामा नै जाँडरक्सी प्रयोग गरिन्छ । पछिल्लो समय अन्तराष्ट्रिय संस्थाहरुको अनुसंधानले मध्यम रक्सी पीउँदा मुटु सफा रहने र रक्त सक्ष्चार राम्रो हुने पनि बताईन्छ । मगर जातीको साँस्कृतिक अधिकारको रुपमा रक्सी पीउनु रहेपनि पछिल्लो २१ औं शताब्दीमा यो जाती उ जाती भन्दा पनि ब्राम्हण, क्षेत्री, बैस्य, सुद्र मध्ये धेरैजसोले रक्सी पीउने गर्दछन्, जातीका हिसावले भन्दा पनि पछिल्लो समयमा परम्परा यस्तो बसेको देखिन्छ । मगर जाती मतुवाली जाती पनि भन्ने गरिन्छ । म मगर समुदायले मनाउने साँस्कृति, परम्परालाई आत्मासाथ गर्दै एक देशभक्त, इमानदार नेपाली र मगर परिवारको सदस्य हुन पाउँदा गर्व गर्दछु ।