समाचार

रविलाई प्रधानमन्त्री र ओलीको फोन- २ दिनको समय दिनुस् 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने निर्णय गरको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले दुई दिनको समय दिएकाले दुई दिनको लागि धैर्यता गर्ने निर्णय गरको प्रवक्ता मुकल ढकालले जानकारी दिए । 

उनले भने, ‘बैठकअघि सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीले फोन गरेर दुई दिनको समय दिन आग्रह गर्नुभयो । उच्च स्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी शर्मा ओलीले पनि दुई दिनको समय माग्नुभयो । त्यसैले गर्दा हामी अब दुई दिनसम्म पर्खिन्छौं ।’ 

उनले गृह मन्त्रालय आफ्नो पार्टीले आएको र यो अडान नछाड्ने समेत बताए ।