समाचार

विषेश पत्रकार सम्मेलन गर्दैछु, सबैले हेरुन्, सुनुन्ः सभापति लामिछाने

 

२२ माघ, काठमाडौँ । राष्ट्रय स्वतन्त्र पार्टीका सभापति रबि लामिछनेले विषेश पत्रकार सम्मेलन गर्ने भएका छन् ।

उनले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उक्र पत्रकार सम्मेलन गर्ने जानकारी दिएका हुन् ।

सभापति लामिछानेले भनेका छन्, ‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालयबाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु। म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्। मैले सिधाकुरा नगरेको धेरै भएछ।’

रास्वपाको अहिले ११ बजे केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक बस्ने जनाएको थियो । सभापति लामिछानेले बैठक बस्नुअघि नै आफ्नो पत्रकार सम्मेलन हने सार्बजनिक रुपमा जानकारी दिएका छन् ।