समाचार

प्रधानमन्त्री दाहाल र ओलीबीच भेट

२५ माघ, काठमाडौँ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री दाहाल बुधबार बिहान ओली निवास बालकोट पुगेका हुन् ।

उक्त भेटमा दाहाल र ओलीबीच सरकार सञ्चालन, राष्ट्रपति उपराष्ट्रपति निर्वाचनलगायतका विषयमा कुराकानी भएको नेताहरु बताउँछन् । राष्ट्रपतिको निर्वाचन फागुन २५ र उपराष्ट्रपतिको निर्वाचन चैत ३ मा हुँदैछ ।

राष्ट्रपतिमा एमाले र कांग्रेसले उम्मेदवारी दिने तयारी गरेका छन् भने माओवादीले राष्ट्रिय सहमति हुनुपर्ने भन्दै आएको छ । राष्ट्रपतिमा माओवादी र एमाले एकमत नहुँदा पुस १० मा बनेको सत्ता गठबन्धन भत्कने हो कि भन्ने संशय पैदा भएको छ ।