समाचार

प्रधानमन्त्री दाहाल र ओलीबीच भेटबार्ता

२६ माघ, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटबार्ता भएको छ। सत्ता गठवन्धनको उच्च स्तरीय सयन्त्रको बैठक स्थगित गरेर प्रधानमन्त्री दाहाल र ओलीबीच भेटघाट भएको जनाएको छ।

बिहिबार दिउसो ३ बजेको लागि बोलाएको बैठक स्थगित गर्दै दाहाल र ओलीबीच छलफल भएको नेताहरु बताउँछन् । एक नेताका अनुसार उक्त भेटमा सुदूरपश्चिम प्रदेश सरकारका विषयमा छलफल भइरहेको छ ।