समाचार

गठवन्धन जोगिनेमा ढुक्क छैनन् ओली !

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गठवन्धन जोगिने नजोगिनेबारे हेर्दै जानुपर्ने टिप्पणी गरेका छन् ।

शुक्रबार संसद् भवनबाट बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन् । उनले प्रदेश सरकार जोगाउन नसकेको अवस्थामा केन्द्र सरकार के हुन्छ ? भन्ने प्रश्नमा अध्यक्ष ओलीले भने,‘हेर्दै जाऔँ ।’

त्यस्तै, अध्यक्ष ओलीले राष्ट्रपतिका बारेमा एमालेले जसलाई अघि सार्छ उही राष्ट्रपति बन्ने दावी गरे । एमालेका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सुदूरपश्चिममा विश्वासको मत नपाएपछि कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनेको छ ।