आर्थिक

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आयो

४ फागुन, काठमाडौं । भरतबाट नेपाल भित्रिने पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । नेपाल आयल निगमले केही दिन अघि मात्रै मूल्य समायोजन गरेको भन्दै मूल्य बढाएको थियो ।
भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ ९७ पैसा घटाएको छ भने डिजेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ ४० पैसा घटाएको निगमले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कारोबार हुने गरेको कच्चा तेलको मूल्यमा आईओसीले १५/१५ दिनमा मूल्य समायोजन गरेको सूचि नेपाल पठाउने गरेको हो । निगमले सरकारबाट ७ अर्ब ऋण लिएको र आईओसीलाई करिब ११ अर्ब बक्यौता तिर्न बाँकी रहेको भन्दै अन्तराष्ट्रिय बजारमा भारी मात्रामा पेट्रोलियम पदार्थको मूल्य घटे पनि नेपालमा भने चर्को मूल्य तिर्नु परिरहेको छ ।