समाचार

राष्ट्रपति महन्थ ठाकुरलाई बनाउन लोसपा नेताहरूको प्रस्ताव

९ फागुन, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर आफ्नो पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन प्रस्ताव राखेका छन् ।

प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका लोसपा नेताहरूले,अध्यक्ष ठाकुर गणतन्त्र, संघीयताको पक्षमा आवाज उठाउने र १२ बुँदे सहमतिदेखि नै यस दिशामा काम गरेको स्वच्छ छवि भएको व्यक्ति भएको कारण समर्थन गर्न आग्रह गरेका थिए ।

भेटमा सहभागी नेताहरूका अनुसार प्रधानमन्त्री दाहालले ठाकुर प्रति आफु सकारात्मक भएको जवाफ दिएका छन् । प्रधानमन्त्री दाहालले ठाकुर प्रति आफु सकारात्मक रहेको र अन्य दहरूसँग पनि सहमति गर्न आग्रह गरेको बताएका हुन् ।

प्रधानमन्त्री भेट्न सो पार्टीका पार्टीका नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल र अनिल झा बालुवाटार पुगेका थिए ।