विचार/ब्लग

बिश्वमा देखाउन मिल्ने अनि हरेक नेपालीले पुजा गर्न मिल्ने छान्नुस् राष्ट्रपति !

बाबुराम आचार्य/ माओबादी जनयुद्धले मुलुक तहसनहस भएको अवस्थाबाट मुक्ती दिलाउने प्रयास स्वरुप तत्कालीन सात दल र माओबादीबीचको १२ बुंदे सम्झौतपछि आएको राजनीतिक परिवर्तनले राजसंस्था सदाका लागि हटाउँदै संघीय गणतान्त्रीक संबिधान उन्मुख भएको पनि १६ बर्ष नाघिसकेको छ ।
२०६३ सालको आन्तरीम संबिधानले झण्डै १० बर्ष मुलुक चलेपनि पूर्ण संबिधान बनेको पनि २०७२ साल असोज ३ गतेदेखी यता १० बर्ष पुग्न केही बर्षमात्र बाँकी छ । मुलुकमा प्रयायः हरेक १० बर्षमा राजनीतिक परिवर्तन भएका इतिहास भईरहेका बेला अब केही बर्षमात्र १० बर्ष पुग्न बाँकी हुँदा केही राजनीतिक उथलपुथल हुन्न भन्न सकिन्न ।
१९९३ सालदेखी भएको नेपालमा प्रजातन्त्र ल्याउने बिभिन्न प्रयासहरु सफलताको बाटोमा देखिन्नन् । २००७ सालको प्रजातन्त्र स्थापना, २०४६ सालको आन्दोलनपछिका प्रजातन्त्र स्थापना, २०६२/६३ सालको आन्दोलनपछि भएको लोकतान्त्रीक गणतन्त्रका लागि गरिएका राजनीतिक लडाईहरुपछि आएका भनिएका उपलब्धीहरुले मुलुक र जनतालाई सन्तुष्टी दिन सकेको छैन ।
आन्तरिम संबिधान लागू हुँदै २०६३ सालपछि हालसम्म काँग्रेसबाट डा रामबरण यादब र एमालेबाट बिद्यादेबी भण्डारी नेपालका राष्ट्रपति भईसकेका छन् । अब फागुन २५ गते निर्बाचित हुने भनिएका नयाँ राष्ट्रपति नेपालका तेस्रा राष्ट्रपति हुनेछन् । को राष्ट्रपति हुन्छ भन्ने निश्चित कसैले गर्न नसकेपनि अब आउने राष्ट्रपति पनि पहिलेका डा यादब र भण्डारी (बर्तमान) जस्तै हुने अनुमान लगाउन सकिन्छ ।
देशको संबिधानले कार्यकारी अधिकार प्रधानमन्त्रीमा निहित रहनेछ भनेपछि छलखेल गर्ने प्रयास गर्ने खाल्का शक्तीसाली नेताहरु राष्ट्रपति बन्न अहिलेसम्म इच्छुक देखिएका छैनन् । अहिले भने राष्ट्रपतिका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला, एमालेका नेताहरु सुवासचन्द्र नेम्वाङ, इश्वर पोख्रेल, रामबहादुर थापाको नाम चर्चामा छ । आज फागुन १२ गते राष्ट्रपतिमा उम्मेद्वारी दर्ता गर्ने दिन हो, कसकसले राष्ट्रपतिका लागि दाबी गर्दै उम्मेद्वारी दर्ता गर्छन् त्यसपछि केही ब्यक्तीमध्ये को बन्छ भन्ने अनुमान लगाउन सकिन्छ । निश्चित भने २५ फागुनमा मात्र हुन्छ, २५ फागुनको बिहानभएका राजनीतिक भेटघाट र छलफलबाट भएको मतदानले मात्र यो राष्ट्रपति बन्ने भन्ने निश्चित हुन्छ अहिले भने अनुमान लगाउनेमात्र हो ।
संसदमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दल नेपाली काँग्रेस प्रमुख प्रतिपक्षी दलको रुपमा सत्ताबाहिर छ । तेस्रो पार्टी सरकारको नेतृत्व गर्दै पहिलो र दोस्रो ठूलो दललाई राजनीतिक रुपमा खेलाउन सफल छ । पहिलो दलको चाकारीमा तेस्रा र साना दल लाग्नुपर्नेमा पहिलो र दोस्रो अनि अन्य सबै साना दलहरु तेस्रो ठूलो दल नेकपा माओबादी केन्द्र र अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दहालको चाकरीमा खुलेरै लागेका देखिन्छन् ।
राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, ७५३ स्थानीय तह, ६७ सयभन्दा बढी वडा, सात प्रेशका सरकार भएको संघीय संरचनाले कति काम गरेको छ भन्ने सामान्य अध्ययन गर्ने फुर्सदसमेत राजनीतिक दलका जिम्मेवार नेताहरुलाई भएको देखिँदैन । काँग्रेस, एमाले, माओबादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, लोसपा, नागरीक उन्मुक्तीलगायतका संसदमा प्रतिनिधित्व गर्न लगभग सबै जीम्मेवार राजनीतिक दलहरु को मन्त्री बन्ने ? कसलाई सरकारमा पठाउने ? राष्ट्रपतिमा काँग्रेस भए मैले उपराष्ट्रपति पाउनुपर्छ, राष्ट्रपतिमा एमाले भए मैले उपप्रधान एबम् गृहमन्त्री पाउनुपर्छ जस्ता पावर सेयरिङका एजेण्डामा ब्यस्त देखिन्छन् ।
आफ्ना कार्यकर्ताहरुलाईसमेत भेट्न नभ्याउने काँग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओली अहिले निवासमा अलि खाली देखिन्छन् अथवा कार्यकर्तासँग भेटका लागि सहज पहुँचमा देखिन्छन् । चुनावअघि कार्यकर्ताको सहज पहुँचमा हुने प्रधानमन्त्री पुष्पकमल दहाल अहिले सरकारको नेतृत्व गरेपछि कार्यकर्तासँगसमेत दुरी बढाईरहेको माओबादी केन्द्रका कार्यकर्ताबाट नै आवाज आईरहेको छ । राजनीतिक नेताहरु होस् वा स्वतन्त्र ब्यक्ती होस् सत्तामा पुगेपछि कार्यकर्ता, जनतासँग टाढा हुँदै बिचौलीया र ब्यापारीसाग नजीक हुने परम्परा नै भईसकेको छ ।
कुनैबेला राजा हुँदा कसैसाग भेट गर्न नभ्याउन पुर्व राजा ज्ञानेन्द्र शाह नारायणहिटीबाट नागार्जुन सरेपछि दुर्गा प्रसाईको झापाको सामान्य कार्यक्रमको उद्घाटन गर्न जानसम्म भ्याए । राष्ट्रको महत्वपूर्ण पदमा पुगेको मानिसको सबैसँग भेट गर्ने, कुरा सुन्ने समय नहुनु स्वभाबिक हो र महत्वपूर्ण पदमा बसेको ब्यक्तीले कार्यकर्तालाई भेट गर्ने भन्दा देश र जनताका काम गर्ने नीति बनाउनुपर्ने कार्य मुख्य हो तर नेताहरु अनावश्यक बिचौलीया, ब्यापारी, गुण्डा, माफीया, तस्कर, चाकरीबाजलाई भने भेट्न भ्याईरहेका हुन्छन् । मात्र उनीहरुले देशको समस्या ल्याएर आएको सामान्य जनतालाई भेट्दैनन् ।
कु्रा अकैतिर मोडिन थालेछ, राष्ट्रपति भनेको देशको गौरव अनि गरिमा हो, यस्तो पदमा बस्ने मानिस पनि देशकै प्रतिष्ठीत बन्न सक्ने हुनुपर्छ भन्ने भाव राजनीतिक दलमा हुनुपर्छ, नेपालको राजनीतिमा जिम्मेवार पार्टीका जीम्मेवार नेताहरुले राष्ट्रपतिमा आफ्नो उम्मेद्वार हारेपनि अलि स्वच्छ छविको राजनीतिज्ञलाई सिफारिस गरुन् । राष्ट्रपतिय शासन असफल भएर राजसंस्था नै चाहियो भनेर आवाज उठ्न जनताबाट थालिसकेको समयमा अब उप्रान्त राष्ट्रपतिलाई गरिमामय संस्था बनाउनका लागि उक्त संस्थाबाट जनताले पाएका कस्ता आशा छन् त्यो कुरातिर ध्यान दिऔं । काँग्रेस, एमाले, माओबादी केन्द्रलगायतका दलहरुले राष्ट्रपति, उपराष्ट्रपतिमा आफ्ना उम्मेद्वार छान्न आज अन्मित वान टु वान वा सामूहीक छलफल गर्दैछन् त्यसमा उनीहरु ज्यादै जीम्मेवार ढंगले आफुले र आफ्नो पार्टीले पाउनुपर्ने भन्दा पनि देशले पाउनुपर्ने राष्ट्रपति छान्ने हिसावले महत्वपूर्ण बैठक राखुन् । नाममात्रको ब्यस्त हुने र जनभावना नबुझ्ने राष्ट्रपति, उपराष्ट्रपति हामी नेपाली जनतालाई चाहिएको छैन । राष्ट्रपति कार्यकारी नभएपनि देशको अनुहार हो, बिश्व समुदायलाई देखाउन मिल्ने राष्ट्रपति छान्ने कार्यमा दलहरु गम्भीर भएर लाग्न जरुरी छ । अनि हरेक नेपालीले तपाईले छानेको राष्ट्रपतिलाई पुजा गर्न मिल्ने हुनुहोस्, ताकी राष्ट्रपति भनेको के हो भन्ने नबुझ्ने वा राष्ट्र्रपति भएको भोलीपल्टै ठूलै बिबाद आउने खाल्को नहोस्, हाम्रो देशको राष्ट्रपति ।