आर्थिक

मानिस बिना वातावरण जोगाउन सकिदैन, वातावरण बिना मानिसको अस्तित्व हुन्न

नगिन तामाङ/सजिव प्राणीहरु मध्येको चेतनसिल प्राणीमा मानव जातीलाई मानिन्छ । मानब जातीको उत्पती करिब आजभन्दा १ लाख वर्ष अघि अफ्रिकाबाट भएको भन्ने किम्बदन्ति रहेको छ । अरु प्राणीहरु जस्तै बाँच्नका लागि संघर्षरत एउटा प्रजातिमा मानव पनि पर्दछ । मानब जातिको बिकास क्रमलाई समय सारिणीको आधारमा यसरीनै भएको भनेर पुष्टि गर्न अत्यन्तै गाह्रो छ । त्यसैले बिभिन्न युगहरुलाई सरसर्ती हेर्दा मानब जातीको उत्पती बन मान्छे हुदै बिस्तारै समाजको निर्माण गर्दै सामाजिक प्राणीमा परिणत भएको पाईन्छ ।

यसरि मानब जातीको बिकास भए देखिनै वातावरणसँग घनिष्ट सम्बन्ध रहेको छ । प्रकृतिबिना न मानिसको अस्तित्व रहन सक्छ, न त मानिसबिना प्रकृतिको संरक्षण, प्रर्वद्धन र सदुपयोग नै हुन सक्छ । मानिस मात्र नभै सम्पूर्ण जीवहरुको बाँस, गाँस र कपास नै प्रकृति सँग निर्भर छ, तापनि विबेकशिल ढंगले उपयोग गर्न सक्ने एक मत्र जीव भनेको मानव जाति हो । मानिसलाई प्रकृतिको आवश्यकता छ भने, प्रकृतिको उपस्थिति पनि मानिस कै लागि भएको हो जस्तो देखिन्छ । त्यसैले प्रकृतिमा भएका स्रोतसाधनहरुको दिगो उपयोग, सँरक्षण र प्रर्वद्धनमा अत्यन्तै संवेदनशील हुन जरुरत छ । विश्वमा विज्ञान र प्रबिधिको बिकास भए सँगै एक गाउँ हुँदै शहर र आधुनिक सहर भएसंगै वातावरणको विनास हुँदै गएको छ । मानिस बिना वातावरण जोगाउन सकिदैन र वातावरण बिना मानिसको अस्तित्व जोगाउन सकिन्दैन त्यसैले वातावरण र मानिसको सम्बन्ध अत्तिनै निकट्तम रहेको छ ।
दिनप्रतिदिन बढ्दो सहरीकरणका कारणले वातावरणमा प्रत्यक्षरुपमा प्रतिकूल अशर पर्दै गएको छ । सहरिकरण बढेसंगै जनधनत्व पनि बृद्धि भएर स्रोत, साधनको बढि खपत भएसँगै विज्ञान र प्रविधिले विश्व एक गाँउमा परिणत भएको अवस्थामा सहरिकरण, आधुनिकिकरण तथा विलासिताका नाममा अपार स्रोतसाधनहरुको दोहन जथाभावीरुपमा भईरहेको छ । जसका कारण पृथ्बीले जलवायु परिर्वतन जस्तो वातावरणीय भाईरसको प्रभाव झेल्नुपर्ने बाध्यता रहेको छ । त्यसैले सरोकोरवालाले बेलैमा सार्तकता अपनाउनु जरुरी छ । हरितगृह ग्याँस उत्सर्जन, तापमान बृद्धि, भू–क्षय, बाडी–पहिरो, आँधी–हुरी आदि जस्ता प्रकृतिक प्रकोपहरुको प्रभाव झेल्नू परेको छ ।


संविधानमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्ति आयोगको प्रावधान छ । संघ र प्रदेश सरकारको बाँडफाँड आधारको पुनःरावलोकन गरि परिमार्जनको सिफारिस गर्ने, प्राकृतिक स्रोत परिचालन गर्दा नेपाल सरकार, प्रदेश सरकार र स्थानिय तहको लगानी तथा प्रतिफलको हिस्सा निर्धारणको आधार तय गरि सिफारिस गर्ने, प्रकृतिक स्रोत बाँडफाँट सम्बन्धि विषयमा संघ र प्रदेश, प्रदेश र स्थानीय तह तथा स्थानीय तहहरुबिच उठ्नसक्ने सम्भावित विवादको विषयमा अध्ययन अनुसन्धान गरी त्यसको निवारण गर्न समन्नयात्मक रुपमा काम गर्न सुझाव दिनेजस्ता आयोगको काम, कर्तव्य र अधिकारको व्यवस्था धारा २५१ ले गरेको छ । त्यसैगरी, धारा ३० मा स्वच्छ वातावरणको हकलाई मौलिक हकमा रमलिएको छ । सन् १९७२ को ५ जूनदेखि १६ जूनसम्म संयुक्त राष्ट्रको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेकोे थियो । विश्व वातावरण दिवस प्रत्येक वर्ष ५ जुनमा बिभिन्न कार्यकमका साथ मनाउने गरिएको छ । विश्वमा पहिलो वातावरण दिवस सन् १९७४ मा मनाईएको थियो । विश्व वातावरण दिवस सन् १९७४ को नारा (Eco Day, World Environmrnt Day, WED) भन्ने रहेको थियो । नेपालले पनि पक्ष राष्टको रुपमा सन् २००० देखि हरेक वर्ष यो दिवस मनाउदै आएको छ ।
वातावरण बिना मानिसको कूनै अस्तित्व रहदैन र मानिस बिना वातावरणको पनि कूनै महत्व हुँदैन त्यसैले मानिस धनिष्ट छ । नेपाल सरकारले वातावरण मन्त्रालय नै खडा गरेर वाताबरणका बिषयमा अनुसंधान गर्ने गरी महत्व दिएपनि अहिले सम्म मन्त्रालयले गरेका यससम्बनधी कार्यहरु प्रभावकारी ढंगले अघी बढ्न सकेका छैनन् ।