समाचार

 राष्ट्रपति भण्डारीकाे  कार्यकाल सकियो, निजी निवासमा सर्ने तयारी गर्दै

२८ फागुन, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्षे कार्यकाल आजबाट सकिएको छ । २०७४ साल फागुन २९ गते राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो पटक राष्ट्रपतिमा निवार्चित भएकी थिइन् ।

आफ्नो कार्यकाल सकेकाले उनी शितलनिवास बाट निजी निवासमा सर्ने तयारी गरेकी छन् । फागुन २९ गते बुढानिलकण्ठ स्थित निजी निवासमा सर्ने राष्ट्रपति भण्डारीको सचिवालयले जनाएको छ । 

नयाँ राष्ट्रपतिमा नेपाली काँग्रेसकाबाट रामचन्द्र पौडेल फागुन २५ गते निर्वाचित भइसकेकाले शितलनिवास तत्कालै खाली गर्नु पर्ने भएको हो।

नव निर्वाचित रामचन्द्र पौडेलको राष्ट्रपतिको शपथ ग्रहण समारोह फागुन २९ गते हुने भएको छ । प्रधानन्यायाधीश पद हाल रिक्त रहेकाले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले नव निर्वाचित राष्ट्रपतिलाई  शपथ ग्रहण गराउँने भएका छन् ।