समाचार

उपराष्ट्रपति निर्वाचनको मौन अवधि 

१ चैत, काठमाडौँ । उपराष्ट्रपति निर्वाचनको मौन अवधि सुरु भएको छ । मौन अवधि गत राती १२ बजे देखी निर्वाचन नसकुन्जेलसम्म रहनेछ । यस मौन अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिसकेको छ ।

उक्त आचारसंहिताबमोजिम निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निषेधको अवधि लागू हुने आयोगले विज्ञप्ति मार्फत जनाइएको छ ।