समाचार

 नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन बैठक आज ११ बजे

१ चैत, काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन बैठक बस्ने भएको छ । आज ११ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने भएको हो ।

पार्टीको वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भए पश्चात् पछिल्लो पार्टीको समीक्षाको साथै उपराष्ट्रपतिको निर्वाचन र चितवन अनि तनहुँ मा हुने उपनिर्वाचन लगायतका विषय प्रमुख एजेन्डा भएकाले यसमा छलफल हुने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।