समाचार

लोकतान्त्रिक समाजबादी पार्टीको कार्यकारी बैठक आज बस्ने

९ चैत्र, काठमाडौँ । लोकतान्त्रिक समाजबादी पार्टी लोसपा को कार्यकारी बैठक आज बस्ने भएको छ ।
दिँउसो १ बजे बस्ने बैठकमा समसामायीक बिषयको बारेमा छलफल हुने नेता शरदसिंह भण्डारीले जानकारी दिए । उनका अनुसार बैठकमा सरकारमा सहभागिता, वैशाख १० गते हुने उपनिर्वाचन लगायत समसायिक राजनीतिक विषय प्रमुख एजेण्डा भएको बताए ।