समाचार

भक्तपुरमा २ जना बिदेशी नागरीक सहीत १६ जना पक्राउ

९ चैत्र, भक्तपुर । भक्तपुरमा २ जना भारतीय नागरीक सहीत १६ जनालाई पक्राउ गरीएको छ ।

भक्तपुरको थिमिनगरपालीका १ लोकन्थली स्थित क्याफेमा जुवा खेलीरहेको अवस्थामा तीनलाख नगद सहिद बुधवार साँझ उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।
पक्राउ पर्नेमा मझेँरी क्याफेका सञ्चालक दिलीप गीरी, ४९ वर्षीय टिकाराम गिरी, ४६ वर्षीय जितबहादुर विश्वकर्मा, ३५ वर्षीय नवराज बोहरा,३२ वर्षीय सन्तोष श्रेष्ठ, ५८ वर्षीय कसाङ लामा, ३८ वर्षीय शंख बज्र लामा, ३५ वर्षीय सन्तोष चौलागाई, २९ वर्षीय सुमन खनाल, ३६ वर्षीय गोपाल कुईकेल,३५ वर्षीय कृष्ण बहादुर मोक्तान, ३० वर्षीय विक्रम ब्लोन मोक्तान, ३९ वर्षीय कृष्ण बुढाथोकी, भारत घर भएका ३९ वर्षीय छवाङ वाईवा र ३० वर्षीय सुनिल कुमार रहेका छन् ।

पक्राउ परेका १६ जनालाई परिसर भक्तपुरमै थुनामा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।