समाचार

सत्ता साझेदार दलहरूको आज बैठक बस्दै, टुङ्ग्याउँदै मन्त्रालयका भागबन्डा

१४ चैत्र, काठमाडौँ । सत्ता साझेदार दलहरूको आज अपराह्न ४ बजे बैठक बस्ने भएको छ । सोमवार बसेको सत्ता साझेदार दलहरूको शीर्ष नेताहरूले उक्त निर्णय गरेका थिए । 

बैठकमा मन्त्रिपरिषद् विस्तारलगायत समसामयिक विषयमा छलफल हुने भएको छ । सत्ता गठबन्धन आबद्ध दलहरू सहमतिमा पुग्न नसक्दा सरकार विस्तारमा ढिलाइ भइरहेको छ । मन्त्रिपरिषद् विस्तार गरिने भनिए पनि दलहरूबिच सहमति हुन नसकेको परिस्थितीमा आजै दलहरूको मन्त्रालय भागबन्डा र मन्त्रीहरूको नाम समेत टुङ्गो लगाउने तयारीमा छन्। सत्ता गठबन्धनमा काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत दल आबद्ध छन् ।