समाचार

सभापति देउवाले गरे १७ सदस्य मनोयन

१४ चैत्र, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणेशचन्द्र तिमिल्सिनाको अध्यक्षतामा गठित नेपाल किसान महासंघ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा १७ जना सदस्यहरुलाई मनोनयन गरेका छन् ।

सभापति देउवाले नेपाल किसान महासंघ केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरुको मनोनयन मनोनयन गरेका हुन् । उनले मनोनयन गरेकाहरुमा आदर्श विक्रम कार्की, महेन्द्रभक्त अधिकारी, प्रभात आले, नम्रता बराल, प्रेमबहादुर घले, ईश्वर गिरी, जितु उपाध्याय, भवानी कोइराला, विश्वराज घिमिरे, धिरेन्द्र साह, कालु मेचे, जनार्दन अर्याल, विवेकानन्द झा, ऋचा लुईटेल, रमेश रावल, मनोज थापा र विश्वनाथ दाहाल रहेका छन् ।