समाचार

पार्किङ सुल्क महँगो भएको भन्दै विमानस्थल भित्र  ट्याक्सी चालकले  सेवा बन्द गर्दै 

२१चैत्र, काठमाडौँ । ट्याक्सी चालकले त्रिभुवन विमान स्थलमा  पार्किङ सुल्क महँगो भएको भन्दै विमानस्थल भित्र सेवा बन्द गरेको छ । 

 विमानस्थल क्षेत्रमा पहिले पार्किङ शुल्कबापत प्रतिघण्टा २० रुपैयाँ लिँदै आएकोमा अहिले ८० रुपैयाँ पुर्‍याइएको भन्दै ट्याक्सी चालकहरू लामो समयदेखि विरोध जनाउँदै आएका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनको नेतृत्वमा ट्याक्सी चालकहरूले आज त्रिभुवन विमानस्थलबाट सेवा बन्द गरेका हुन् । विमानस्थल भित्र सेवाहरू पूर्ण रूपले बन्द भएता पनि  बाहिर भने ट्याक्सीहरू चलिरहेका छन् ।