समाचार

रास्वपाले गर्यो दुर्गा प्रसाईँसंग दुई करोड माग्ने साँसद ढाकाराम श्रेष्ठलाई कारबाही

२६ चैत, काठमाडौं । रास्वपाका साँसद ढाका कुमार श्रेष्ठ निलम्बनमा परेका छन् । आज दुई करोड माग गरेकोृ अडियो सार्बजनिक भएपछि श्रेष्ठलाई रास्वपाले कारबाही गरेको हो । श्रेष्ठलाई २४ घण्टे स्पष्टिकरण सोधिएको छ ।
रास्वपाको तर्फबाट आफू मन्त्री बन्ने र उक्त मन्त्री बन्नका लागि आफूले पार्टीलाई रकम बुझाउनुपर्ने कारण त्यसका लागि दुई करोड रुपैयाँ आफूलाई आवश्यक परेको र त्यसको ब्यवस्थापन गरिदिन साासद श्रेठले प्रसाईसँग आग्रह गरेका छन् ।
उक्त श्रेष्ठको आग्रहलाई दुर्गा प्रसाईँले स्वीकार गर्दै केहिदिन पर्खन आग्रह गरेका छन् । उक्त अडियोपछि रास्वपा र रबिलामिछानेसहित पार्टी नै बद्नाम भएकोमात्र छैन मन्त्री बन्न पैसा माग्ने र खर्च गर्ने राजनीतिक दलको चरित्रसमेत जनतामा उदाँग भएको छ ।

श्रेष्ठले रकम मागेको बिषयको सहि र गलत कुरा भने रास्वपाले आधिकारीक रुपमा कारबाही गरेपछिको छानबिनले देखाउने निश्चित छ । केहीबेरमा नै रास्वपा महासचिव मुकुल ढकालबाट साँसद श्रेष्ठलाई निलम्बन गरेको बिज्ञप्ती जारी हुने साँसद सन्तोष परियारले बताएका थिए। “केन्द्रीय अनुशासन तथा आचरण समितिद्वारा यस सम्बन्धमा २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न, यो छानबिन पूरा नभएसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै पनि काम कारबाही नगर्न नगराउन समेत डा. श्रेष्ठलाई निर्देशन दिइएको छ,” प्रवक्ताद्वारा जारी गरिएको बिज्ञप्तीमा भनिएको छ ।