समाचार

सन्दीपको मुद्दामा चिकित्सकको वकपत्र गराउने अदालतको आदेश

२६ चैत, काठमाडौं । जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछाने विरुद्ध लागेको नाबालिग बलात्कार घटनामा नाबालिका (गौशाला २६) लाई परीक्षण गर्ने चिकित्सकको वकपत्र गराउन आदेश गरेको छ ।

 न्यायाधीश शङ्करराज बरालको इजलासले आज नाबालिगको स्वास्थ्य परीक्षणमा संलग्न भएका चिकित्सकसहित तीन जनालाई वकपत्र गराउन आदेश गरेको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।

तत्कालीन समयमा परीक्षण गर्ने डा बिदामा रहेको र उनको सट्टामा अर्को डाक्टरको वकपत्र गराइएको देखिएकाले पुनःवकपत्र गराउन आदेश गरेको आदेशमा छ । लामिछाने विरुद्ध १७ वर्षकी एक किशोरीले बलात्कार गरेको उल्लेख गर्दै गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो ।