समाचार

राष्ट्रियताको महत्वः ‘नेपाली राष्ट्रिय झण्डा महोत्सव’

१ वैशाख, काठमाडौं । राष्ट्रियताको महत्व दर्शाउने उद्देश्यले आज माइतीघर मण्डलामा ‘नेपाली राष्ट्रिय झण्डा महोत्सव’को आयोजना गरिएको छ ।

विभिन्न सङ्घ÷संस्थाको आयोजनामा आठौँँ राष्ट्रिय झण्डा महोत्सवका अवसरमा अभियानकर्मीले अपरान्ह् ४ः४९ देखि ५ः३० सम्म मण्डलामा राष्ट्रिय झण्डा प्रदर्शन गरेका थिए ।

अभियानकर्मी चन्द्रबहादुर चन्दले राष्ट्रिय झण्डाको महत्व दर्शाउने उद्देश्यले आज देशका २४ वटा जिल्लामा‘नेपाली राष्ट्रिय झण्डा महोत्सव’को आयोजना गरिएको बताए ।

उनले भने, “पछिल्लो समयमा नागरिकमा राष्ट्रियताको भावनाको कमी हुँदै गएको छ, नागरिकमा राष्ट्रियता जगाउन पनि महोत्सवको आयोजना गरिएको हो ।”