प्रदेश 2

मधेश प्रदेशका नवनियुक्त दुई मन्त्रीले लिए शपथ

१५ साउन, काठमाडौं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादवले मन्त्रिपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री यादवले कांग्रेसका काँग्रेसका मोहमद समिमलाई गृह सञ्चार तथा कानुन र जनमतका चन्दन सिंह श्रम तथा यातायात मन्त्रीमा नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्री समिम र सिंहले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनियताको शपथ लिएका छन् । यो सँगै मन्त्री परिषदले पुर्णता पाएको छ ।