समाचार

एक किलो सुन प्रकरणमा मुछिए तरुण दलका नेता

२८ भदौ, काठमाडौं । एक किलो सुन प्रकरणमा नेपाली कांग्रेसका युवा नेता मुछिएका छन् । अनुसन्धानका क्रममा काभ्रेका कांग्रेसको युवा संगठन तरुण दलका नेता विकास लामाको संलग्नता देखिएको छ ।

मलद्वारमा लुकाएर दुबईबाट हिमालयन एयरलाइन्समार्फत मंगलबार बिहान साढे ९ बजे ल्याएको सुनसहित प्रहरीले काभ्रेको खानीखोला गाउँपालिका–३ का बाबुलाल दोङलाई पक्राउ गरेको थियो ।

यस प्रकरणमा काभ्रेको रोशी गाउँपालिका–३, घट्टेखोलाका जगत लामा र महाभारत गाउँपािलका–३, सानोपोखरा घर भई बनेपा बस्दै आएका दोर्जे स्याङ्तान पक्राउ परेका छन् । उनीहरुको बयानबाट यसमा काभ्रेका विकास लामाको संलग्नता पनि खुलेको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

हाल प्रहरी विकासको खोजीमा जुटेको छ ।