समाचार

एक थान संबिधानले मात्रै जनताको आबश्यकता पुरा गर्न सक्दैन : कानुनमन्त्री गुरुङ

३ असोज, काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले एक थान संबिधानले मात्रै जनताको आबश्यकता पुरा गर्न नसक्ने बताएका छन् ।

आज संबिधान दिवसको शुभकामना व्यक्त गर्दै मन्त्री गुरुङले जनताको आबश्यकता पुरा गर्न संबिधानसँगै सुशासन र समुन्नती अपरिहार्य शर्त भएको बताएका छन् ।

“एक थान संबिधानले मात्रै जनताको आबश्यकता पुरा गर्न सक्दैन । जनताको आबश्यकता पुरा गर्न संबिधानसँगै सुशासन र समुन्नती अपरिहार्य शर्त हुन्”, उनले भनेका छन्, “यसका लागि हामी नेताहरुले जनता प्रति इमानदार भएर कार्य गर्नै पर्छ ।”

उनले सामाजिक संजालमा लेखेका छन्, “एक थान संबिधानले मात्रै जनताको आबश्यकता पुरा गर्न सक्दैन । जनताको आबश्यकता पुरा गर्न संबिधानसँगै सुशासन र समुन्नती अपरिहार्य शर्त हुन् । यसका लागि हामी नेताहरुले जनता प्रति इमानदार भएर कार्य गर्नै पर्छ । अन्यथा समयले हामीलाई पर्खने छैन । यहाँहरु सबैमा संबिधान दिवसको हार्दिक शुभकामना ।”