समाचार

सतपालजी महाराजको जन्मोत्सवमा ६८२ले गरे रक्तदान

५ असोज, काठमाडौँ । मानव धर्मका प्रणेता श्री सतपालजी महाराजको ७३ औँ जन्मोत्सवको अवसरमा छ सय ८२ जनाले रक्तदान गरेका छन् । ‘रक्तदान जीवनदान, आत्म ज्ञान अति महान्, सेवा गर्ने हाम्रो अभियान’ भन्ने नाराका साथ मानव धर्म सेवा समितिले बुधबार र बिहीबार देशव्यापी रक्तदान आयोजना गरेको थियो ।
उक्त समितिका अनुसार काठमाडौँको गौशालास्थित केन्द्रीय आश्रममा एकसय ३५ , दाङ र नेपालगन्ज आश्रममा एकसय १३, लम्बीनी श्रेत्र आश्रममा ७८, हरिवन क्षेत्र आश्रममा ७०, नारायणी क्षेत्र आश्रममा ५६, महाकाली क्षेत्र आश्रममा २४, मेची क्षेत्र आश्रममा ५५, नारायणघाट आश्रममा ५८, हेटौडा अश्रममा ५६ र चरिकोट आश्रममा ३७ जनाले रक्तदान गरेका थिए ।
सतपाल जी महाराजको जन्मोत्सवको अवसरमा उक्त समितिले तीन दशकदेखि निरन्तर रक्तदान कार्यक्रम आयोजना गर्नाका साथै अन्य विभिन्न अवसरमा पनि रक्तदान गर्दै आएको छ ।
उक्त समितिले गौशाला आश्रममा आयोजना गरेको विशेष जन्मोत्सव कार्यक्रममा महात्मा लता वाईले भक्तिको मार्गलाई जीवनमा अनुशरण गर्नुपर्ने र मनव जीवनमा त्रेतायुगकी सवरी ९भिलीनी०को जस्तो भक्ति अपनाउनुपर्नेमा जोड दिए। भक्तिको मध्यमबाट जीवन सफल हुनाका साथै सच्चा गुरुलाई पनि प्राप्त गर्न सकिनेमा उहाँको जोड थियो ।