समाचार

चिनियाँ नागरिक दावोजिनका गाडी चालक पौडेल पक्राउ

१७ असोज, काठमाडौं । ९ किलो सुन तस्करी प्रकरणमा तस्कर समूहका चिनियाँ नागरिक दावोजिन वाङका गाडी चालक लोकेन्द्र पौडेल पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई केही दिनअघि पक्राउ गरेको एक अधिकृतले अनलाइनखबरलाई बताए । अनुसन्धानका क्रममा पौडेल पक्राउ परेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा नियमित जाँचका क्रममा २९ माघ ०७९ मा दुई वटा सुटकेशभित्र ७३ बट्टामा ७३० वटा भेप बरामद भएको थियो ।