समाचार

एक चिनियाँ नागरिक पक्राउ

१७ असोज, काठमाडौं । दोलखाबाट भएको ११ किलो सुन तस्करी प्रकरणमा एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।

११ किलो सुन प्रकरणमा प्रहरीले काठमाडौं महानगरपालिका–१५ किमडोल बस्ने तासी दावा भन्ने ६६ वर्षका आगर लामा पक्राउ परेका हुन् । चिनियाँ भूमिबाट नेपालमा सुन ल्याउन उनले भूमिका खेलेको पाइएकाले अनुसन्धानका लागि पक्राउ गरेको प्रहरीले जनाएको छ ।