समाचार

मेयर यादवसहित २१ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

१७ असोज, रौतहट । विशेष अदालतले फतुवा विजयपुर नगरपालिका रौतहटका मेयर गोपाल राय यादवलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ ।

अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्य खुशीप्रसाद थारुको संयुक्त इजलासले मेयर यादवसहित २१ जनालाई दोषी ठहर गरेको हो । उनीहरुको सजाय निर्धारण भने बाँकी छ ।

अख्तियारले ऐन नियम विपरीत लालबकैया नदीको ठेक्का लगाएको ठहर गर्दै मेयर यादवसहित २१ जनाविरुद्ध १२ असार २०७९ मा १ करोड ५३ लाख ५० हजार १९९ रुपैयाँ विगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

मुद्दामा मेयर गोपाल यादव, तत्कालीन उपमेयर कान्तीदेवी, तत्कालीन वडाअध्यक्षहरु भविछन राय, सञ्जयप्रसाद शेख, एजाज अहमद, दीपनारायण साह, उमाशंकर साह कलवार, हिरा राय यादव, योगेन्द्र चौधरी, ज्ञानेन्द्र चौधरीलाई विपक्षी बनाइएको थियो । त्यस्तै, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सागरकुमार रोक्का, निमित्त प्रमुख प्रशासकिय अधिकृत गोकुल ढुंगेल र निमित्त प्रमुख प्रशासकीय अधिकृत रञ्जना साहविरुद्ध पनि मुद्दा दायर गरेको थियो ।