समाचार

बझाङको भूकम्पबारे छलफल गर्न प्रधानमन्त्रीद्वारा बैठक आह्वान

१७ असोज, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मङ्गलबार बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्प, त्यसबाट भएको क्षति र सरकारको कार्ययोजनाबारे छलफल गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बोलाएका छन् ।

बिहीबार बिहान बस्ने बैठकमा भूकम्पबाट भएको क्षति, राहत, पुनःस्थापनालगायत विषयमा छलफल हुने प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहालले आज बझाङका जनप्रतिनिधि र राजनीतिक दलका नेता बोलाएर भूकम्पबाट भएको क्षतिका बारेमा जानकारी लिएका थिए ।

मङ्गलबार अपराह्न २ बजेर ४३ मिनेटमा बझाङ केन्द्रबिन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पबाट बझाङमा एक जनाको मृत्यु भएको छ ।