समाचार

देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईं पक्राउ

१८ असोज, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले देउराली बचत तथा ऋण सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंलाई पक्राउ गरेको छ ।

सहकारीको ४ करोड ४९ लाख ९९ हजार ४४३ रुपैयाँ हिनामिना गरेको आरोपमा सीआईबीले काभ्रेका ३९ वर्षीय चौलागाईंलाई मंगलबार नै पक्रउ गरेको हो ।