राजनीति

शेखर कोइराला नआएपछि कांग्रेस कार्यसम्पादन बैठक निष्कर्षबिहिन

२६ असोज, काठमाडौं । नेपाली कांग्रेस कार्यसम्पादन बैठक कोशीका सन्दर्भमा कुनै निर्णय नगरि बैठक भोलीका लागि सरेको छ ।

आज बसेको कार्यसम्पादन समितिको बैठक नेता शेखर कोइराला आउँछु आउँछु भनेर बैठकमा नआएपछि कुनै निर्णय नगरि बैठक भोलीका लागि सरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

कोशीको संकट हटाउनका लागि सभापति शेरबहादुर देउवाले शेखरसँग विकल्पमा कुरा गरेपनि उनी तयार नभएको विश्वकर्माले बताए । सर्वसम्मत् कांग्रेसबाट अर्को व्यक्ति ल्याए माओवादीको उम्मेदवार फिर्ता आफूले गराउने देउवाले प्रतिवद्धता गरेका थिए ।

सर्वसम्मत् व्यक्तिका रुपमा अर्को नाम अघि सार्न सभापतिले आग्रह गरेपनि शेखरले नसकेको उनले बताए ।