समाचार

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौँ। पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छेन सङबीच भेटवार्ता भएको छ ।

नेकपा एकीकृत समाजवादीका विदेश विभाग प्रमुखसमेत रहेका खनाललाई भेट्न चिनियाँ राजदूत शनिबार उनको निवास डल्लु पुगेका थिए ।
खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार उनीहरुबीचमा आपसी हित एवं चासोको विषयमा कुराकानी भएको थियो ।