मनोरञ्जन

जानुका थापा पुन र सागर आलेको ‘लाहुरै जाने बेलैमा’ सार्वजनिक (भिडियो)

१७ मङ्सिर, काठमाडौं । गायिका जानुका थापा पुनले नयाँ गीती एल्बम ‘निरन्तरता’ सार्वजनिक गरेकी छन । उक्त गीती संग्रहमा हरि लम्सालको एकल संगीत रहेको छ भने हरि लम्साल र अनमोलमणिको शब्द रचना रहेको छ ।

अहिलेका चर्चित गायकहरु प्रमोद खरेल, सागर आले, राम भक्त जोजिजु, स्वरुप आचार्यको स्वर दिएका गीती एल्बम ुनिरन्तरताु मा ५ वटा गीत समाबेश गरिएको छ।

एल्बममा रहेका पाँचवटै गीतहरु फरक फरक शैलीमा रहेको गायिका जानुका थापा पुनले जानकारी गराइन । उक्त एल्बममा रहेका पाँच गीत मध्ये ३ गीतको म्युजिक भिडियो पनि तयार भएको छ। जसमध्ये अहिलेलाइ ‘लाहुरै जाने बेलैमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ भने बाकी भिडियो बिस्तारै सार्बजनिक गर्दै जाने उनले बताइन् ।

‘लाहुरै जाने बेलैमा’ गीत छुट्टीमा आएको लाहुरे प्रेममा परि छुट्टि सकिए पछि आफ्नो प्रेमिकालाई छोडेर जानु पर्दाको प्रसङ्ग निकै मार्मिक ढंग बाट प्रस्तुत गरिएको छ। उक्त गीतलाई नेपाली मौलिक पनको कौडा शैलीमा प्रस्तुत गरिएको छ।

गीतमा हरि लम्सालको शब्द, संगीत जानुका थापा पुन र सागर आलेको आवाज रहेको छ भने अञ्जली अधिकारी र बिक्रम थापा मगरको अभिनय हेर्न सकिन्छ। भिडियोलाइ युवराज वाइबाले निर्देशन गरेका छन् ।